देवचुली नगरपालिकामा थप दुईमा कोरोना पुष्टि

पूर्वि नवलपरासीको देवचुली नगरपालिकामा थप दुई जनामा कोरोना पुष्टि भएको छ। भरतपुर कोभिड-१९ परीक्षण प्रयोगशालामा बिहिबार राति परीक्षण भएकोमा देवचुली नगरपालिका २१ र १९ बर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो।

देवचुली नगरपालिका- ११ र १५ घर भएका उनिहरू भारतबाट आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।

उनका अनुसार २१ वर्षीया पुरुष जेठ ९ र १९ वर्षीय पुरुष जेठ १२ गते भारतबाट आई देवचुलीको क्वारेन्टाइनमा बसेका छन्। अहिले उनिहरूको अवस्था सामान्य रहेको उनले जानकारी दिए।

यसअघि देवचुली नगरपालिकामा दुई जनामा कोरोना पुष्टि भैसकेको छ। हिजो मात्रै देवचुली एकका १९ बर्षका पुरुषमा कोरोना पुष्टि भएको थियो। यससँगै देवचुली नगरपालिकामा कोरोना संक्रमण हुनेको संख्या ४ जना पुगेको छ।

दुई जना भरतपुर कोरोना अस्थायी अस्पतालमा उपचाररत रहेका छन्। उपचाररत दुवै जना पुरुष पनि भारतबाट आएका थिए।

यस्तै भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा बिहीबार ७३ वटा नमुनाको परीक्षण भएको थियो। त्यसमध्ये ७१ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय