कोरोनाविरुद्ध फ्रन्टलाइनरबाहेक सबै कर्मचारीको भत्ता कटौती

आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीबाहेक अरू सबै सरकारी कर्मचारीकाे भत्ता खारेज गरिएकाे बताएका छन्।

आगामी बजेटमा साउन १ गतेबाट लागू हुनेगरी भत्ता कटौती गरिएको हो। बैठकभत्ता, खाजाभत्ता, सेमिनार भत्ताका साथै इन्धन खर्चबापत पाइने अतिरिक्त रकम खारेज गरिएकाे  बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले बताए।

उनका अनुसार प्रोत्साहन, अतिरिक्त समयलगायतका भत्ता पनि खारेज गरिएको छ। भ्रमणभत्ता, इन्धन, फर्निचर, नयाँ सवारी खरिदलगायतका भत्ता पनि अब सरकारी कर्मचारीले पाउने छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय