स्वास्थ्य सेवामा दरबन्दी पुनरावलोकन गरिने, यस्तो छ स्वास्थ्यकर्मी लागि थप सुविधा

आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य सेवाको विद्यमान दरबन्दीलाई पुनरावलोकन गरिने बताएका छन्।

सरकारी स्वास्थ्य सेवामा अहिलेसम्म  २०५१ सालकै दरबन्दी कायम छ। जनसंख्या दोब्बर हाराहारी पुग्दा पनि स्वास्थ्यमा २०५१ सालदेखि दरबन्दी थपिन सकेको छैन।

विचारमा केही विशेषज्ञ दरबन्दी थपिएपछि ठूलो अस्पतालका वेड संख्या जनशक्तिको अनुपात अझै बढेको छैन। सरकारीमा सबैभन्दा कम चिकित्सक छन् । स्वास्थ्य सेवामा करिब १ हजार ६ सय मात्रै चिकित्सक दरबन्दी छ।

स्वास्थ्यकर्मीको संख्या थप गर्न सेन्टर फर डिजिज कन्ट्रोल, फुड एण्ड ड्रग एडमिनिस्ट्रसन र राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापनको प्रारम्भिक कार्यका लागि बजेट छुट्याइएको उनले जनाए।

यसका साथै बजेटमा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न केही नयाँ कार्यक्रम थपिएका छन् भने केही पुरानै नीतिलाई निरन्तरता दिइएको छ।

बजेटमा चिकित्सक स्वास्थ्यकर्मी तथा प्रयोगशालामा काम गर्ने कर्मचारीका लागि व्यक्तिगत सुरक्षाका उपकरणसहित प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ।

कोरोनालगायत अन्य संक्रामक रोगविरुद्ध कार्य गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ५ लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा गर्ने व्यवस्था पनि बजेटमा उल्लेख छ।

मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको परिवारलाई उपलब्ध गराउँदै आएको निशुल्क स्वास्थ्य बिमालाई निरन्तरता दिइएको अर्थमन्त्री खतिवडाले बताए। स्वयंसेविकाको यातायात खर्चमा पनि दोब्बर बृद्धि गरिएको बजेटमा उल्लेख छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय