देशभर थप २ सय ७२ अस्पताल बनाउन १४ अर्ब २७ करोड बजेट

काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवजार खतिवडाले सरकारले सबै स्थानीय तहमा पाँचदेखि १५ सैय्यासम्मका आधारभूत अस्पताल स्थापना गर्ने नीति लिएको बताए।

‘त्यस अनुरुप २ सय ७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड बजेट विनियोजन गरिएको छ’, खतिवडाले भने। यसका साथै साविकका जिल्ला तथा अञ्चल अस्पतालको स्तरोन्नती गर्न थप बजेटको व्यवस्था गरिएको उनले जानकारी दिए।

एक चिकित्सक एक स्वास्थ्य संस्थाको व्यवस्थाको सुरुआत पनि यसै वर्षबाट गरिने उनले जनाए।

स्थानीय तहका स्वास्थ्य संस्थामा चिकित्सकको व्यवस्था गरि नसर्ने रोग जाँचसहितको आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन पाँच अर्ब, दश करोड वित्तीय हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको प्रस्तुत बजेटमा उल्लेख छ।

‘तीन वर्ष भित्रमा सबै नागरिकमा स्वास्थ्य बीमा पुग्ने गरी आगामी वर्ष सबै स्थानीय तहका ४० प्रतिशत जनसंख्यालाई बीमाको दायरामा ल्याइने छ’, उनले भने, ‘ यसका साथै स्वास्थ्य बीमा कार्यक्रममा आधारभूत बाहेकका स्वास्थ्य सेवालाई पनि क्रमशः समावेश गर्दै लगिने छ।’ स्वास्थ्य बीमा कार्यक्रममा ७ अर्ब, ५० करोड विनियोजन गरिएको उनले जनाए।

सबै स्थानीय तहका स्वास्थ्य संस्थाबाट सुरक्षित मातृत्व तथा प्रजनन् सेवा र महिलाहरूमा हुने सर्भाइकलका साथै स्तन क्यान्सर जस्ता घातक रोगको पहिचान र उपचारका लागि नि:शुल्क स्वास्थ्य परीक्षण गरिने मन्त्री खतिवडाले बताए।

सबै स्वास्थ्य संस्थाबाट पोषणका कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ।

आगामी वर्ष नेपाललाई पूर्ण खोप युक्त मुलुक घोषणा गर्न आवश्यक बजेटको व्यवस्था गरिएको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय