तीन सय शैय्याको सरुवा रोग अस्पताल बन्ने, स्वास्थ्य पूर्वाधारका लागि १२ अर्ब ४६ करोड बजेट

आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य पूर्वाधारका लागि १२ अर्ब ४६ करोड बजेट विनियोजन गरिएको बताएका छन्।
त्यसमध्ये उपचार प्रवाह गर्न र औषधी उपकरणका लागि ६ अर्ब बजेट विनियोजन गरिएको उनले बताए।

आगामी वर्ष तीन सय शैय्याको छुट्टै सरुवा रोग अस्पताल निर्माण गरिने उनले बताए। काठमाडौं उपत्यका र प्रदेश राजधानीमा २ सय ५० शैय्याका आइसियु बेड स्थापना गरिने भएकाे छ। सबै प्रदेश राजधानीमा ५० शैय्याको सरुवा रोग अस्पताल स्थापना गरिने मन्त्री खतिवडाले बताए।

पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोसी, नारायणी, भरतपुर, भेरी र डडेलधुरा अस्पतालको स्तरोन्नति गरी विषेशज्ञ अस्पतालको रूपमा विकास गरिँदै लगिने उनले बताए।

‘स्वास्थ्य विकास पूर्वाधारका लागि १२ अर्ब, ४६ करोड विनियोजन गरेको छु’, उनले बजेट भाषणमा भने।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता विस्तार गरी अन्तर्राष्ट्रिय मापदण्डअनुरुपको बनाइने भएकाे छ।

‘सबै प्रदेश राजधानीमा अत्याधुनिक स्वास्थ्य प्रयोगशाला स्थापना गर्न सबै स्वास्थ्य संस्थामा आवश्यक प्रयोशालाको विस्तार गर्न, रोग निदान तथा फार्मेसी सेवा अनिवार्य सञ्चालन गर्न, विदेशबाट आउने व्यक्तिको अनिवार्य स्वास्थ्य परीक्षण गर्न प्रमुख नाकामा आवश्यक उपकरणसहित स्वास्थ्य डेस्क स्थापना गर्न बजेट विनियाेजन गरेको छु’, अर्थमन्त्री खतिवडाले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय