कोरोनाको आशंकामा ८६ हजार ५७ जना क्वारेन्टाइनमा

बिहिबार देशभर ८६ हजार ५७ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा २ हजार ९१, प्रदेश २ मा १४ हजार १४, बागमती प्रदेशमा १ हजार ६ सय ३१, गण्डकी प्रदेशमा २ हजार २ सय ४, प्रदेश ५ मा २९ हजार १ सय ५८, कर्णाली प्रदेशमा १४ हजार ८ सय ३४ र सुदुरपश्चिम प्रदेशमा २२ हजार हजार २ सय १५ जना क्वारेन्टाइनमा रहेका छन् ।

विभिन्न अस्पतालमा  ८ सय ५० संक्रमित आइसोलेसन रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । डा. देवकोटाको अनुसार प्रदेश १मा ९९ , प्रदेश २ मा ३१३ , बागमती प्रदेशमा ३१ , गण्डकी प्रदेशमा १५, प्रदेश ५ मा ३२९, कर्णाली प्रदेशमा ४७ र सुदुरपश्चिम प्रदेशमा २६ जना आइसोलेसनमा रहेका छन् ।

कुल संक्रमित मध्ये १ सय ७८ जना निको भएर घर फर्किएका छन् । जसमध्ये प्रदेश १ मा ३० , प्रदेश २ मा १ सय १, बागमती प्रदेशमा ११, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३८ र सुदुरपश्चिम प्रदेशबाट ५ जना डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय