एकैदिन १५६ जनामा कोराना संक्रमण, कुल संक्रमित १०४२

नेपालमा विभिन्न जिल्लामा थप १ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमण देखिनेको संंख्या १ हजार ४२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा बिहिबार  प्रवक्ता डा विकास देवकोटाले थप १ सय ५६ मा संक्रमण देखिएको जानकारी दिए।

एकैपटक यति धेरै सक्रमण फेला परेको पहिलो पटक हो । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा यति ठुलो संख्यामा संक्रमण  देखिएको हो।

सप्तरीमा १४, झापामा २५, धनुषामा २९, महोत्तरीमा १७, रौतहटमा २०, स्रर्लाहीमा ७, सिरहामा ६, दोलखामा २, सोलुखुम्बुमा १, बझाङमा १ जना संक्रमित भेटिएका हुन्।

त्यसैगरी, दैलेखमा ८, स्याङ्जामा ३, दार्चुलामा १, कैलालीमा २, मकानपुरमा १ , बर्दियामा ३ जनामा संक्रमण पुष्टि भएको हो ।  कुल संक्रमितमध्ये  ९ सय ४० पुरुष र  १ सय २ महिलामा छन्।

प्रदेश १ मा १ सय २९, प्रदेश २ मा ४ सय १५, वागमती प्रदेशमा ४४, गण्डकी प्रदेशमा १७, प्रदेश ५ मा ३६९, कर्णाली प्रदेशमा ४७, सुदूूरपश्चिममा २१ जनामा संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ । हालसम्म ५१ जिल्लामा कोरोना भाइरसको संक्रमण देखिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय