तिवारी मेडिसिनद्वारा पत्रकार महासंघलाई सुरक्षा सामग्री प्रदान

औषधीको थोक बिक्रेता तिवारी मेडिसिन डिस्ट्रिब्युटर्स धनगढीले पत्रकारलाई समाचार संकलनका क्रममा कोभिड १९ को जोखिमबाट बच्न मास्क तथा सेनेटाइजर सहयोग गरेको छ।

सो डिस्ट्रिब्यटर्सका सञ्चालक दीपेन्द्र तिवारी र करन बर्णवालले ३० थान एन ९५ मास्क र ३० थान ह्याण्ड सेनेटाइजर नेपाल पत्रकार महासंघ कैलालीका कोषाध्यक्ष हिमाल जोशीलाई बिहिबार हस्तान्तरण गरेका हुन्। सो क्रममा सञ्चालक तिवारीले बिभिन्न स्थानमा समाचार संकलन गर्दा साधारण मास्क लगाएर गइरहेको दृश्य टेलिभिजनमा देखेपछि सजिलो होस भनेर थोरै भएपनि सहयोग गरेको बताए।

सो अवसरमा नेपाल पत्रकार महासंघ महासंघ कैलालीका कोषाध्यक्ष जोशीले कोरोना भाइरसको महामारीका कारण बजारमा मेडिकल तथा ब्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री अभावका कारण समस्यामा रहने पत्रकारहरूका लागि सुरक्षा सामग्री उपलब्ध गराएको तिवारी मेडिसिन डिस्ट्रिब्युटर्सका सञ्चालक दुबै जनालाई धन्यवाद दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय