भारतमा २४ घण्टामा १ सय ९४ जनाको मृत्यु, साढे ६ हजारभन्दा बढी संक्रमित

कोरोना भाइरसका कारण भारतमा बितेको चौबिस घण्टामा १ सय ९४ जनाको ज्यान गएको छ भने साढे ६ हजारभन्दा बढी संक्रमित थपिएका छन्।

भारतमा अहिलेसम्म कोरोनाका कारण ४ हजार ५ सय ३४ जनाको मृत्यु भएको छ भने १ लाख ५८ हजार ५ सय ३३ जनामा भाइरसको संक्रमण रहेको पुष्टि भएको छ।

एकैदिनमा भारतमा ६ हजार ५ सय ६६ जना नयाँ संक्रमित फेला परेका छन्। संक्रमितमध्ये ६७ हजार ७ सय ४९ जना उपचारपछि निको भई घर फर्किसकेका छन्।

कोरोनाबाट सबेभन्दा बढी प्रभावित महाराष्ट्र बनेको छ। महाराष्ट्रमा अहिलेसम्म १ हजार ८ सय ९७ जनाको मृत्यु भएको छ भने करिब ५७ हजार जना संक्रमित भेटिएका छन्।
भारतभर ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भिर रहेको छ भने ३३ लाख ६२ हजार १ सय ३६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।

विश्वभर कोरोना भाइरसका कारण ३ लाख ५७ हजार ४५ सय ६७ जनाको मृत्यु भएको छ भने ५७ लाख ९२ हजार २ सय ५३ जनामा संक्रमण रहेको छ। संक्रमितमध्ये २४ लाख ९८ हजार ७ सय ३० जना उपचारपछि निको भई घर फर्किसकेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका कारण ५ जनाको मृत्यु भएको छ भने ८ सय ८६ जना संक्रमित भएका छन्। संक्रमितमध्ये १ सय ८३ जना निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय