नवलपुरका १९ वर्षीय युवकमा कोरोना, गण्डकीमा संक्रमित १६ पुगे

नवलपुरका १ जना युवकमा कोरोना पुष्टि भएको छ। नवलपुरको देवचुली नगरपालिकाका १९ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

चितवनस्थित भरतपुर कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा नगरपालिकाको क्वारेन्टाइनमा बसेका ती पुरुषमा कोरोना पुष्टि भएको हो। ती पुरुषलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए।

नयाँ संक्रमितसँगै नवलपुरमा संक्रमितको संख्या ३ भएको छ। गण्डकीमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ। स्याङ्जामा बिहिबार बिहानै ३ जनामा कोरोना पुष्टि भएको छ।

अहिलेसम्म स्याङ्जाका ५, बागलुङका ८, नवलपुरका ३ जनामा कोरोना देखिएको छ। १६ मध्ये बागलुङका १९ वर्षकी युवती र ६५ वर्षकी वृद्ध निको भएर चैत दोस्रो साता नै घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय