नेपालमा कोरोनाबाट पाँचौ मृत्यु

ललितपुरको किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुर महानगरपालिका वडा नं २२ का ५९ वर्षे पुरुषको साँझ मृत्यु भएको प्रहरी प्रभाग ललितपुर पुष्टि गरेको छ । ‘५९ वर्षको पुरुष लिभरको बिरामी हुनुहुँदो रहेछ मृत्युपछि कोरोना पनि पोजेटिभ भएको रिपोर्ट छ ।’ ड्युटीमा खटिएका ती प्रहरी अधिकारीले भने ।

साँझ  कुल संक्रमणको संख्यासमेत ९०१ पुगेको छ ।

किस्ट अस्पतालमा उपचाररत उनको साँझ मृत्यु भएपनि अहिले  राति ८ बजे मात्रै कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

पाटन अस्पतालमा भर्ना गरिएका उनलाई आसियु चाहिने भएपछि गत ११ गते किस्ट अस्पतालमा सारिएको थियो । सोही दिन स्वाब संकलन गरिएपनि तीन दिनपछि मात्रै रिपोर्ट पोजेटिभ आएको हो । उनी कलेजोका बिरामी थिए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मृत्युको सूचना औपचारिक रुपमा मन्त्रालयमा आइनपुगेको बताए ।

यसअघि सिन्धुपाल्चोककी महिला, नरैनापुरका युवा, गुल्मीका शिक्षक र नेशनल मेडिकल कलेजमा रौतहटका एक बृद्धको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय