संघको चेतावनी : चिकित्सक युद्ध मैदानबाट फिर्ता हुने अवस्था ननिम्तियोस्

जेठ १४ :- नेपाल चिकित्सक संघले स्वास्थ्य सेवामा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तत्काल सुरक्षा प्रवन्ध नगरिए संवेदशनशील र विषम परिस्थितिमा ‘युद्ध मैदानबाट फिर्ता हुने अवस्था निम्तिनसक्ने’ भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपाल मेडिकल कलेजमा कार्यरत एक चिकित्सकमाथि बुधबार भएको आक्रमण घटनाबारे जारी विज्ञाप्तिमा संघले कोभिड १९ को महामारीको समयमा पनि सरकार चिकित्सकलाई सुरक्षा प्रदान गर्न गम्भीर नदेखिएको भन्दै संघले चेतावनी दिएको हो ।

बुधबार जोरपार्टीस्थित नेपाल मेडिकल कलेजमा एक उपचारका क्रममा एक महिलाको मृत्यु भएको घटनालाई दिएर आफन्तले अस्पतालका चिकित्सक श्रीकुमार श्रेष्ठमाथि आक्रमण र कुटपिट गरेका थिए ।

महासचिव डा. बद्री रिजालद्वारा जारी विज्ञाप्तिमा ६४ बर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर चिकित्सकमाथि हातपात गरिएको घटनाबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै कारवाहीको मागसमेत गरिएको छ ।

तत्काल कारवाही नभएर चिकित्सकहरु युद्ध मैदानबार फर्किने अवस्था आउँनसक्ने चेतावनी संघले दिएको छ ।

संघले महामारीका समयमा चिकित्सकहरुले आफ्नो ज्यानको बाजी लगाएर चिकित्सकीय धर्मअनुसार निरन्तर स्वास्थ्य सेवा प्रवाह गरीरहेको अवस्थामा पनि बिरामीलाई बचाउन सकिनस् भनी चिकित्सकमाथी नै भएको शारीरिक हमला गरिनु अन्यन्तै अमानवीय र गैरकानूनी भएको ठहर गरेको छ ।

संघले ०७६ चैत्र २२ गतेको मन्त्रीपरिषद्को निर्णयअनुसार कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको क्रममा संलग्न चिकित्सक, नर्स, र प्राविधिक स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रबन्धको गर्न भनिएपनि सरकारले सुरक्षा उपलब्ध गराउन नसकेको आरोपसमेत लगाएको छ ।

महामारीसँग जुध्नका लागि युद्ध मैदानमा होमिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई यस्तो अमानवीय र अक्षम्य घटना घटाउनेमाथी कानूनी कारवाही नभएर सेवा प्रवाह रोकिनसक्ने चेतावनीसमेत संघको छ ।

 

यस्तो संवेदनशिल र बिषमपूर्ण परिस्थितिमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरु युद्ध मैदानबाट फिर्ता हुने अवस्था ननिम्त्याउनका लागि दोषीउपर कानूनी कारवाही गर्न तथा स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्ण क्षेत्रको रुपमा घोषणा गर्दै माथी उल्लेखित निर्णयलाई कानूनमै व्यवस्था गरी अक्षरस कार्यान्वयन गर्न समेत नेपाल चिकित्सक संघ नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।

यस्तो छ विज्ञाप्ति
आज मिति २०७७ जेठ १४ गते नेपाल मेडिकल कलेज जोरपाटीमा ६४ बर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर चिकित्सकमाथी हातपात गरिएको घटनाप्रति नेपाल चिकित्सक संघको गम्भिर ध्यानकर्षण भएको छ ।

कोरोना भाइरसको महामारीका कारण उत्पन्न हुँदै आएको मानवीय संकटका समयमा चिकित्सकहरुले आफ्नो ज्यानको बाजी लगाउँदै चिकित्सकीय धर्म अनुसार निरन्तर स्वास्थ्य सेवा प्रवाह गरीरहेको अवस्थामा बिरामीलाई बचाउन सकिनस् भनी चिकित्सकमाथी नै शारीरिक हमला गर्ने जस्तो अन्यन्तै अमानवीय क्रियाकपालप्रति नेपाल चिकित्सक संघ घोर भत्र्सना र निन्दा गर्दछ ।

चिकित्सक भगवान नभई बिरामीको उपचारका लागि आफ्नो क्षमता, योग्यता र उपलब्ध उपकरणहरुको अधिकतम प्रयोग गरी रोक निको पार्न प्रयास गर्ने व्यक्ति हुन् । त्यसैले कुनै पनि स्वास्थ्यकर्मी कसैको जीवनलाई बचाउन भगवान रुपीजादु गर्नसक्ने व्यक्ति नभएको स्पष्ट पार्न चाहन्छ ।

त्यसका साथै मिति २०७६ चैत्र २२ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको क्रममा संलग्न चिकित्सक, नर्स, र प्राविधिक स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रबन्ध गृह मन्त्रालयले मिलाउने र उपचारको क्रममा संलग्न स्वास्थ्यकर्मीहरुलाई बाधा विरोध गर्ने व्यक्तिहरुलाई डिउटीमा खटिएका सुरक्षाकर्मीको कार्यसम्पादनमा बाधा, विरोध गर्नेलाई हुनेसरहको प्रचलित कानून बमोजिमको कारवाही गर्ने निर्णयको भावना र मर्म विपरित चिकित्सकहरुमाथी सांघातिक आक्रमण भईरहनु र सुरक्षाकर्मी मुकदर्शक भईरहने घटनाले कानूनी राज्यको उपहास गरेको नेपाल चिकित्सक संघको ठहर छ ।

त्यसैले हालको उत्पन्न महामारीसँग जुध्नका लागि युद्ध मैदानमा होमिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई यस्तो अमानवीय र अक्षम्य घटना घटाउनेमाथी कानूनी कारवाही नगरिएको खण्डमा यसले देशभरको समग्र स्वास्थ्यसेवा प्रवाहलाई गम्भिर असर पार्ने सक्ने तर्फ सचेत रहन नेपाल चिकित्सक संघ यसै विज्ञप्ति मार्फत चेतावनी दिन चाहन्छ ।

यस्तो संवेदनशिल र बिषमपूर्ण परिस्थितिमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरु युद्ध मैदानबाट फिर्ता हुने अवस्था ननिम्त्याउनका लागि दोषीउपर कानूनी कारवाही गर्न तथा स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्ण क्षेत्रको रुपमा घोषणा गर्दै माथी उल्लेखित निर्णयलाई कानूनमै व्यवस्था गरी अक्षरस कार्यान्वयन गर्न समेत नेपाल चिकित्सक संघ नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय