अस्पतालमै कुटिएका डाक्टर भन्छन्- मैले लात्ती सहिरहेँ, प्रहरी हेरिरह्यो

बिहान ६ बजेर ५० मिनेट जाँदा दमको बिरामी हुनुभएकी ६४ वर्षीया महिला अस्पताल (नेपाल मेडिकल कलेज) आउनुभयो । उहाँ आउँदा सिरियस अवस्थामा हुुनुहुन्थो। बिरामी एकदमै सिरियस भएका कारण हामीले आफन्तलाई पहिलादेखि काउन्सिलिङ गरिरहेका थियौँ।

जुनसुकै समयमा बिरामीलाई आइसियु, भेन्टिलेटर, हाईकेयरमा राख्नुपर्छ भनेर भनिरहेका थियौँ। साढे ७ बजेतिर बिरामीले फरक ढंगको व्यवहार देखाउन थाल्नुभयो।

अक्सिजन निकाल्ने, फाल्ने, बेडमा नबसेर भूइँ बस्ने जस्ता क्रियाकलाप गर्नुभयो । किन यस्तो व्यवहार देखाउनुभयो? भनेर बिरामीको छोरालाई सोधेँ। उहाँले हिजो रातभरि आमा सुत्नु भएन भन्नुभयो।

एक बेडबाट अर्को बेडमा जाने जस्ता क्रियाकलाप गरिरहनुभयो। अक्सिजन दिइरहेका छौं, एकछिन एकैठाउँमा बस्नु भनेर सम्झाएँ। एकछिन फेरि तपाईलाई हेर्न आउँछु भनेर अर्को बिरामीलाई हेर्ने गएँ।

त्यसपछि उहाँ आफ्नै बेडमा गएर सुत्नुभयो । उहाँ यताउता छट्पटाइ रहनुभएको थियो।

२ सय मिलिग्राम हाइकोटेसन दिएँ। होइकोटेसन दिएको २ मिनेटमा बिरामीले आराम महसुस गर्नुभयो । यो बेला बिरामीको छोरा पनि सँगै हुनुहन्थ्यो । बिरामी सुतिरहेको ठाउँबाट अलि पर सरेजस्तो गर्नुभयो । उहाँ केही प्रतिक्रिया नजनाइकन सुतिरहनुभयो बेडमा।

जुनबेला बिरामी एकदमै सिरियस भइसक्नुभएको थियो। अब भेन्टिलेटर, आइसियुमा राख्नुपर्छ भन्दाभन्दै सिपिआर सुरु गरेँ। त्यो बेला मेडिसिन तथा क्रिटिकल केयरका डाक्टर पनि आउनुभएको थियो। सिपिआर गर्दागर्दै बिरामी बित्नुभयो।

त्यत्तिकैमा ‘बचाउन सकिनस्, र कोरोना लागेको भन्दै पन्छिन खोजिस्’ भनेर उहाँले हात छोड्नुभो।

छोरासँग उपचार गर्दा गर्दै कुरा गरेको थिएँ, आमालाई बचाउन सम्भव छैन भनेर काउन्सिल गर्दै गरिरहेका थियौँ। उहाँले जसरी भए पनि आमालाई बचाउनु भनिरहनु भएको थियो।

मैले त्यतिबेला तपाईंको आमा घर बाहिर जानुभएको वा अपरिचित व्यक्तिसँग भेट गर्नुभएको होला, ‘कोभिड १९’ पनि हुनसक्छ भन्ने कुरा गरेको थिएँ।

त्यत्तिकैमा ‘बचाउन सकिनस्, र कोरोना लागेको भन्दै पन्छिन खोजिस्’ भनेर उहाँले हात छोड्नुभो।

पहिला मुड्कीले घाँटीमा हान्नुभयो । दुरी कायम गर्नेका लागि स्टिलको बार लगाएका थियौँ । त्यही स्टिलको बार पनि उचाल्नुभएको थियो, त्यतिबेला अलि पर पुगेको थिएँ। सायद त्यो बारले लागेको भए मलाई जे पनि हुनसक्थ्यो। बाहिर निस्कन लाग्दा लात्तीले हान्नुभयो।

हामीलाई सुरक्षा पनि छैन। सुरक्षाकर्मीले गेट खोल्ने र बन्द गर्ने मात्र काम भयो । त्यतिबेला हातपात हुँदा प्रहरी तथा सर्वसाधारण पनि थिए। लातले हान्दा पनि प्रहरी मुकदर्शक भए।

कोरोनाको महामारीको बेलामा ज्यानको जोखिम मोलेर काम गरिरहेका छौँ। अस्पतालमा सिरियस केसको मृत्यु त हुन्छ नै। मृत्युलाई जित्न सक्ने क्षमता हामी डाक्टरसँग पनि हुँदैन।

(हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईसँगकाे कुराकानीमा आधारित)

2 thoughts on “अस्पतालमै कुटिएका डाक्टर भन्छन्- मैले लात्ती सहिरहेँ, प्रहरी हेरिरह्यो

  1. स्वास्थ्य सम्बन्धी प्राबिधिक शब्दावलीहरु अलि सुद्द लेख्दिन पर्यो। हाईकोटेसन हैन, हाईड्रोकर्टिसन हुन पर्ने हो त्यो।
    Anyway
    घट्ना निन्दनिय छ, मृत आत्माको शान्तिको कामना गर्दछु। आवेसमा आएर चिकित्सक , स्वास्थ्यकर्मी माथी हातपात गर्ने छुट कसैलाई पनि हुनु हुँदैन । उचित छानबिन गरि भबिस्यमा फेरिपनी यस्ता प्रकृतिका घट्ना दोहोरिन नदिन उचित कदम चालियोस्।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय