अमेरिकाका ४८ प्रतिशत स्वास्थ्यकर्मीकाे जागिर गुम्न सक्छ : सर्वेक्षण

अमेरिकाका मेडिकल क्षेत्रमा कार्यरत कर्मचारीको ठूलो हिस्साले जागिर गुमाउन सक्ने एक सर्वेक्षणले देखाएकाे छ।

केजर फेमिली फाउन्डेसन हेल्थ ट्रेकिङ पोलले अमेरिकामा बुधबार गरेको सर्वेक्षणले ४८ प्रतिशत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कर्मचारीले जागिर गुमाउने देखाएको हो।

कोरोना भाइरसको महामारीका कारण अमेरिकाका एकतिहाइ सर्वसाधारण मानसिक समस्या तथा तनावमा परेका छन्। उनीहरू भाइरसको कारण आफ्नो जागिरसमेत गुमाउन पुगेका छन्।

‘हामी जागिरबाट निकालिएकाहरूले आफ्नो पहिचान मेटिएको अनुभूति गरेका छौं। भूमिका तथा सम्बन्धको अभावले हामी निरीह बनेका छौं। हामी एक्लिएका छौं’ स्टेला सेन्टरका प्रमुख मनोवैज्ञानिक सैना स्प्रिङगरले भनेका छन्।

फाउन्डेसनले गरेको सर्वेक्षणमा ८४ प्रतिशतले कोरोना भाइरसका कारण आफ्नो घरपरिवारले समयमै उपचार नपाएको बताएका छन्।

सर्वेक्षणमा सहभागी ११ प्रतिशत वयस्कले घरपरिवारका सदस्यहरूको अवस्था र कोरोना भाइरसका कारण चिकित्सा सेवालाई छाड्नुपर्ने अवस्था आएको जनाएका छन्।

प्रत्यक चार जनामा एकजना (२६ प्रतिशत) अमेरिकनहरूले आफूलाई मनपर्ने खानेकुरा पाउन छाडेपछि सरकारले निशुल्क वितरण गरिरहेको खाना खाइरहेका छन्। जसका कारण घरमा काम गर्ने काला जातिका ३० प्रतिशत युवा तथा वयस्कले जागिर गुमाएका छन्। उनीहरूको आयआर्जनको स्राेत गुमेको छ।

हरेक दशमा तीन अमेरिकनले (३१ प्रतिशत) खाना र स्वास्थ्य बिमाको समस्या भोगिरहेका छन्। कोरोना भाइरसका कारण उनहरूले बिमाको मूल्यसमेत तिर्न सकेका छैनन्।

सर्वेमा सहभागी भएका ११ प्रतिशत वयस्कले घरपरिवारका सदस्यहरूको अवस्था र कोरोना भाइरसका कारण चिकित्सा सेवालाई छाड्नुपर्ने अवस्था आएको जनाएका छन्।

सर्वेक्षणले पुरुषको तुलनामा महिलामा मानसिक समस्या तथा तनाव बढिरहेको देखाएको छ। सर्वेक्षणमा महिलामा ४६ र पुरुषमा ३३ प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ।

त्यस्तै शहरमा बस्ने ४६ प्रतिशत महिला तथा ३८ प्रतिशत पुरुषमा मानसिक समस्या रहेको र गाउँमा बस्नेहरूभन्दा शहरमा बस्नेहरू बढी प्रभावित तथा तनावमा रहेको पाइएको छ।

केजर फाउन्डेसन सा फ्रान्सिस्कोको क्यालिफेर्नियास्थित गैरनाफामूलक संस्था हो। जसले मेडिकेयर मेडिकेड, स्वास्थ्य लगत ड्रग तथा अन्य स्वास्थ्य समस्यासँग सम्बन्धित समस्याका बारेमा सर्वेक्षण एव‍म् अनुसन्धान गर्नेछ।

सर्वेक्षणका क्रममा ८६ प्रतिशत वयस्कहरूले स्वास्थ्य समस्या केही नभएको र महामारी फैलिनु पहिलेजस्तै रहेको, ८ प्रतिशतले महामारीका कारण आफ्नो स्वास्थ्य बिग्रिएको र ६ प्रतिशतले स्वास्थ्य पहिलेभन्दा राम्रो भएको जानकारी दिएका छन्।

‘सर्वेक्षणमा सहभागीमध्ये अधिकांशले कोरोना भाइरसको महामारी चाँडै अन्त्य हुने विश्वास गरेका छन्। स्वास्थ्य सेवामा सुधार भएमा देशको अर्थतन्त्र विस्तारै पुरानो अवस्थामा फर्किने छ,’ कैजर फेमली फाउन्डेसन हेल्थ ट्रेकिङ पोलका प्रमुख ड्रु आल्ट्म्यानले भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय