संक्रमितसँग १७ घण्टा बिताएकाहरूलाई पिसिआर परीक्षण बिनै घर पठाइयो

कोरोनाको उच्च जोखिममा रहेको बाँकेको नरैनापुर गाउँपालिकामा चरम लापरवाही देखिएको छ। गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा कोरोना संक्रमितसँगै बसेका व्यक्तिहरूलाई पिसीआर जाँचनै नगरी धमाधम घर पठाउन थालिएको छ।

मगलबार एकै दिनमा १ सय ३ जनालाई पिसिआर परीक्षण नगरि कनै घर पठाइएको पाइएको हो। नरैनापुर-५ स्थित कृष्णा प्राविको क्वारेन्टाइनमा रहेका ४५ जना, दिपेन्द्र प्राविको क्वारेन्टाइनका १९ जना र जयकिसान माविको क्वारेन्टाइनका ३९ जना गरि १ सय ३ जनालाई आरडिटी परीक्षण बिनै घर पठाइएको हो।

केही दिन अगाडि यीनै क्वारेन्टाइनमा रहेका ४७ जनामा कोरोना संक्रमण देखिएको थियो। पोजिटिभ देखिएकाहरूलाई स्थानीय सरकारले चाडो व्यवस्थापन गर्न नसक्दा संक्रमितसँगै ति क्वारेन्टाइनमा रहेकाहरूले १७ घण्टाभन्दा बढी समय बिताएका थिए।

यसरी लामो समय संक्रमितसँगै रहेकाहरूलाई परीक्षण बिनै घर पठाइएको भन्दै स्थानीय त्रसित बनेका छन्। नरैनापुरका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले आरडिटी परीक्षण बिनै पठाइएकाले समुदायमा संक्रमण फैलन सक्ने उच्च जोखिम रहेको बताए।

यस बारेमा स्वास्थ्य कार्यालय बाँकसँग बुझ्दा सबैको पिसिआर सम्भव नभएकोले सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्र गर्दै घर पठाइएको उत्तर आयो। नरैनापुरमा कोरोनाकै कारण एक जनाको ज्यान गइसकेको छ भने १ सय १३ जना संक्रमित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय