बाँकेमा एकजना पत्रकारमा कोरोना पोजेटिभ

बाँकेको नेपालगन्जमा एकजना पत्रकारमा कोरोना पोजिटिभ देखिएको छ। यसअघि बाँकेमा एकजना नर्समा कोरोना पोजेटिभ देखिएको थियो। आज कोरोना पोजेटिभ देखिने पत्रकार तिनै नर्सका श्रीमान हुन्।

पत्रकारलाई कोरोना देखिएको नेपालगन्जको यो पहिलो घटना हो। नेपालगन्ज- २ निवासी ती पत्रकारको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको भेरी अस्पतालले जनाएको छ।

कोरोना संक्रमण देखिएपछि उनलाई आइसोलेसनमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोरोना पुष्टि भएपछि उनलाई बाँकेको खजुरास्थित शुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा लगिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय