११४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८८६ पुग्यो

नेपालमा विभिन्न जिल्लामा थप ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमण देखिनेको संंख्या ८८६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा बुधबार मन्त्रालयका प्रवक्ता डा‍‍‍‍ विकास देवकोटाले संक्रमितको संख्या ८८६ पुगेको जानकारी दिए।

एकैपटक यति धेरै सक्रमण फेला परेको पहिलो पटक हो। मन्त्रालयका अनुसार सबै संक्रमित क्वारेन्टाइनमा रहेका थिए। हालसम्म ७ सय ९६ पुरुष र महिला ९० जनामा संक्रमण देखिएको छ।

प्रदेशगत रूपमा हेर्दा प्रदेश १ मा १ सय ३, प्रदेश २ मा ३ सय २४, वागमती प्रदेशमा ३९, गण्डकी प्रदेशमा १३ जनामा संक्रमण देखिएको छ। त्यसैगरी, प्रदेश ५ मा ३ सय ६५ ,कर्णाली प्रदेशमा २५ र सुदूरपश्चिम प्रदेशमा १७ जनामा संक्रमण देखिएको छ।

हालसम्म ४७ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको छ। कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ४ पुगेको छ । कुल संक्रमित मध्ये १८३ निको भएर डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय