रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण, सबै भारतबाट आएका

रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार रौतहटको विभिन्न स्थानमा ३५ जनामा संक्रमण पुष्टि भएको हो।

रौतहटका कोरोना फोकल पर्सन महेश साहले बुधबार गौर नगरपालिकाका ८, ईशनाथ नगरपालिकाका १६, चन्द्रपुर नगरपालिकाको क्वारेन्टिनमा रहेका वृन्दावन नगरपालिकाका ७, कटहरिया नगरपालिकाका २ र देवाही गोनाही नगरपालिकाका तीन जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

बुधबार संक्रमण देखिएकाहरु पनि भारतको मुम्बई, दिल्लीलगायतका स्थानहरुबाट फर्केको साहले बताए। संक्रमण पुष्टि भएकाहरु अहिले क्वारेन्टिनमा रहेको आइसोलेसन व्यवस्थापन गर्ने काम भइरहेको उनले जनाएका छन्।

यसअघि मंगलबार रौतहटमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। बुधबार ३५ जना थपिएसँगै रौतहटमा कुल संक्रमितको संख्या १०६ पुगेको जसमध्ये तीनजना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय