कोरोना भाइरसको उत्पत्ति खोजका क्रममा ‘पेङ्गोलिन’ शंकाको घेरामा

– हनोइ सहरतर्फ हुइँकिरहेको कारलाई बाटोछेउतर्फ लगाउँदै भियतनामी प्रहरीले १६ वटा जीवित ‘पेङ्गोलिन’ (घस्रेर हिँड्ने छेपारोजस्तो प्राणी) जफत गरे।

– स्पेनको विमानस्थलमा सुरक्षाकर्मीहरूले गिनियाँबाट आइरहेकी एक महिलाको लगेजमा दुईटा मृत लोपोन्मुख स्तनधारी जनावर फेला पारे।

– मलेसियाको बन्दरगाहस्थित एक पानीजहाजमा काजुको नामका ६ हजार केजी बराबर पेङ्गोलिनको खबटा लुकाएर राखिएको अवस्थामा भेटिएको थियो।

माथि उल्लेखित घटनाहरू यसै वर्षको पहिलो तीन महिनाभित्र विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका थिए।

खपटाले शरीर ढाकेको, मुख्यतः कमिला खाएर बाँच्ने कुकुरको सानो छाउरा जस्तो पेङ्गालिन अवैध वन्यजन्तु व्यापारविरुद्धको संघर्ष अपत्यारिलो प्रतीक बनेको छ।

संसारभर सबैभन्दा धेरै तस्करी हुने स्तनधारी जीवमध्ये यो एक भएको छ। जसको खपटा चीन तथा विश्वका अन्य धेरै मुलुकले परम्परागत औषधी बनाउन प्रयोग गर्ने गर्छन्।

कोरोना भाइरससँगको अनुवांशिक समानताको कारण एकान्त जंगलमा पाइने पेङ्गोलिन हाल कोरोना भाइरसको उत्पत्ति खोजका क्रममा शंकाको घेराभित्र समेत रहेको छ।

जनावरबाट मानिसमा सञ्चारित भएको मान्यतासहित कोरोना भाइरसको उत्पत्तिको यही खोजले जीवजन्तुको व्यापारसम्बन्धी विश्वव्यापी नियमको स्पष्ट दरारसमेत उजागर गरेको छ।

कोरोना भाइरससँगको अनुवांशिक समानताको कारण एकान्त जंगलमा पाइने पेङ्गोलिन हाल कोरोना भाइरसको उत्पत्ति खोजका क्रममा शंकाको घेराभित्र समेत रहेको छ।

अघिल्लो वर्षको अन्तसम्म अज्ञात कोभिड–१९ मानिसमा कसरी सञ्चारित भयो भन्ने विषय अझै रहस्यकै गर्भभित्र रहेता पनि स्वास्थ्यसम्बन्धी अनुसन्धानकर्ताहरूले योे भाइरस जंगली जनावरबाट मानिसमा संक्रमण भएको अनुमान लगाएका छन्।

जेनेटिक खतरा (जनावरबाट मानिसमा भाइरसको संक्रमण)

कोभिड–१९ को उत्पत्तिभन्दा अघि नै सन् १९७० देखि यता १५ सयभन्दा बढी नयाँ ‘प्याथोजिन’ (जीवित भाइरस तथा ब्याक्टेरिया) पत्ता लागेको र यसमध्ये ७० प्रतिशत प्याथोजिनको स्रोत जनावर भएको भन्दै विश्व स्वास्थ्य संगठनले जनावरबाट मासिनमा सर्ने भाइरसको (जेनेटिक) खतराबारे चेतावनी दिएको थियो।

तथापि यो विषय स्वास्थ्यसम्बन्धी नियम, आयात नियन्त्रण, व्यापार सहमति र संरक्षणको संरचना लगायतको जटिल जालो हो।

यस क्षेत्रका विज्ञका अनुसार मुख्यतः यससम्बन्धी नियमको विकास तथा जारी गर्ने निकाय कमजोर तथा सीमित आर्थिक स्रोतयुक्त भएको कारण जनावरको व्यापार तथा जेनेटिक रोगबारे विश्वव्यापी निर्देशिकाले जंगली जनावरभन्दा पनि पशुधन वा चौपायमाथि बढी जोड दिन्छन्।

वन्यजन्तुको अन्तर्राष्ट्रिय व्यापारलाई नियमन गर्ने मुख्य निकायले यससँग जोडिएको रोगको जोखिम क्षेत्रलाई समावेश गरेको छैन।

‘यदि तपाई वन्यजन्तुबारेको बैठकमा सहभागी हुनुभयो भने त्यहाँ तपाईले बढीजसो सरकारको वातावरण तथा प्रकृति क्षेत्रका प्रतिनिधिलाई भेट्नुहुन्छ। सो बैठक कक्षमा जनस्वास्थ्य एवं जेनेटिक रोगसम्बन्धी विज्ञलाई भेट्न मुस्किल हुन्छ किनकि यो छुट्टै प्राविधिक क्षेत्र हो,’ वन्यजन्तुको अन्तर्राष्ट्रिय व्यापारबारे अनुगमन गरिरहेको बेलायतस्थित ट्राफिक नामक गैरसरकारी संस्थाका कार्यकारी निर्देशक स्टेभन ब्रोड बताउँछन्।

कोभिड–१९ को उत्पत्तिभन्दा अघि नै सन् १९७० देखि यता १५ सयभन्दा बढी नयाँ ‘प्याथोजिन’ (जीवित भाइरस तथा ब्याक्टेरिया) पत्ता लागेको र यसमध्ये ७० प्रतिशत प्याथोजिनको स्रोत जनावर भएको भन्दै विश्व स्वास्थ्य संगठनले जनावरबाट मासिनमा सर्ने भाइरसको (जेनेटिक) खतराबारे चेतावनी दिएको थियो।

उनको समूहले विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय वन्यजन्तु व्यापार नियमन गर्ने जंगली जीव तथा वनस्पतिको दुर्लभ प्रजातिमा भएको अन्तर्राष्ट्रिय व्यापार सम्मलेनमा सहकार्यको निर्माण गर्न दबाब दिइएको थियो ।

हालको प्रकोपमा पेङ्गोलिनको भूमिका छ, छैन भन्ने विषयमा स्पष्ट नतिजा हात नलागे तापनि यस जीवले जीवजन्तु व्यापार क्षेत्रको विकराल समस्या एवं चुनौती भने प्रदर्शित गरेको छ।

सन् २०१७ मा उक्त दुर्लभ प्रजातिमा भएको अन्तर्राष्ट्रिय व्यापार सम्मलेनमा हस्ताक्षर गर्दै १८३ देश सरकारले पेङ्गोलिनको व्यापारमाथि प्रतिबन्ध लगाएका थिए। तर ट्राफिकका अनुसार हरेक वर्ष करिब २० टन बराबर पेङ्गोलिन तथा यसका अंगको व्यापार हुने गरेको छ।

कोभिड–१९ ले जंगली जनावरको मानव स्वास्थ्यमाथिको जोखिमतर्फ उजागर गरेसँगै यस क्षेत्रका अधिकारकर्मी, वैज्ञानिक तथा कानुनी विज्ञहरू यस क्षेत्रको आधारभूत पविर्र्तनका लागि पैरवी गरिरहेका छन्। उनीहरूले सरकारले प्रकृति संरक्षण, जैविक विविधता र जनस्वास्थ्यप्रतिको दायित्वको सम्बन्धलाई स्विकार गर्दै जोखिम न्यूनिकरणको नियन्त्रणका उपाय कार्यान्वयनमा ल्याउनुपर्ने बताएका छन्।

‘यस कार्य सुरु गर्न जरुरी भइसकेको छ। यस क्षेत्रमा केही गम्भीर विषयको समाधानको खाँचो पनि छ भने विभिन्न संस्थाहरूले त्यस विषयमा केही काम सक्छन्,’ ब्रोड भन्छन्। सोका लागि यस अर्बौं अमेरिकी डलर बरारबरको व्यापारको क्षेत्रमा नयाँ नियम, विधि एवं पद्धतिको विकास गरिनुपर्नेमा उनले जोड दिएका थिए ।

गत वर्ष साइन्स जर्नलमा प्रकाशित एक अनुसन्धानले यस व्यापारअन्तर्गत विश्वका पाँचवटा चराचुरुंगी, स्तनधारी जन्तु, जलचर प्राणी तथा घस्रने जीवमध्ये एक समावेश हुने गरेको बताएको छ।

यूएस फिस एन्ड वाइल्डलाइफ सर्भिसको तथ्यांकअनुसार २०१९ मा मात्रै अमेरिकामा करिब ४.३ अर्ब अमेरिकी डलरबराबर वन्यजन्तु कानुनी रूपमा आयात भएको थियो। उता २०१६ मा चीनको कानुनी आन्तरिक पशु व्यापारको वार्षिक आकार ७४ अर्ब अमेरिकी डलर रहेको थियो भने यस क्षेत्रले करिब एक करोड ४० लाख चिनियाँ नागरिकलाई रोजगारी दिएको छ।

साना सिकारीदेखि अन्तर्राष्ट्रिय तस्करीसम्म

यस गुप्त व्यापार वेट मार्केट (जलचर प्राणी वा सम्बन्धित उत्पादन बिक्री हुने बजार) का ‘स्टल’ ओगट्ने साना स्तरका सिकारीदेखि लिएर अन्तर्राष्ट्रिय रूपमा हात्तीको दारा तथा पेङ्गोलिनको तस्करी एवं बेचबिखन गर्ने संगठित आपराधिक सन्जालसम्म फैलिएको छ।

कानुनी वन्यजन्तु व्यापारले घरपालुवा सुगा र किसानहरूले मलको रूपमा खेतमा हाल्ने चमेरोको गोबरको बिक्रीदेखि मासु, छाला र भुत्लाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारका लागि संचालित बृहतस्तरका व्यापारिक फारमलाई समावेश गर्दछ।

जंगली जीवसँग कस्तो र कसरी व्यवहार गर्ने भन्ने विषय लोपन्मुख जीवको संरक्षणका लागि भएको उक्त अन्तर्राष्ट्रिय व्यापार सम्मलेनको सन्धिमा आधारित छ।

यद्यपि वन्यजन्तु विज्ञ तथा क्विन्सल्यान्ड युनिभर्सिटीका लेक्चरर केटी वुल्सटोनले सो सन्धि सबैभन्दा बढी राजनीतिक रूपले अभिप्रेरित भएको टिप्पणी गरेकी छन्। उनले सो सन्धिको गर्भमा ‘ऐतिहासिक, उपनिवेशिक पक्षहरू’का साथसाथै एसिया, अफ्रिका र पश्चिमका मानिसबीचको वन्यजन्तु कारोबारमा आर्थिक निर्भरताको फरक–फरक स्तर समाहित भएको जनाएकी छन्।

करिब ५८ सय जीवको नियमन गरिरहेको कन्भेन्सन अन इन्टरनेसनल ट्रेड इन इन्डेन्डर्ड स्पिसिज् अफ वाइल्ड फउना एन्ड फ्लोरा (सिआइटिइएस) नै वन्यजन्तु व्यापारमाथिको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय निकाय भएता पनि यसको ध्यान तथा दायरा साँघुरो भएको सरोकारवालाले बताएका छन्।

‘जेनेटिक रोगहरू कन्भेन्सन अन इन्टरनेसनल ट्रेड इन इन्डेन्डर्ड स्पिसिज् अफ वाइल्ड फउना एन्ड फ्लोराको क्षेत्राधिकारभन्दा परको विषय बनेको छ, जसको कारण मानिसद्वारा गरिने जीवजन्तुको मासुको उपभोग र कोभिड–१९ बारेको सम्बन्धमाथि प्रतिक्रिया दिन सिआइटिइएस सचिवालय असमर्थ देखिएको हो,’ सचिवालयले यस वर्षको सुरुमै स्पष्टोक्ति दिएको थियो।

तर विज्ञहरूले भने वन्यजन्तु व्यापारसँग सम्भाव्य रूपमा जोडिएको वन्यजन्तु व्यापारको स्वास्थ्यमाथिको जोखिम प्रस्ट रूपमा देखिएको प्रतिक्रिया दिएका छन्।

‘अन्तर्राष्ट्रिय कानुनले जेनेटिक जोखिमबारे यथोचित ध्यान दिन नसकेकोप्रति हामी चिन्तित छांै,’ युनिभर्सिटी अफ सिड्नीका वातावरणीय कानुनका सहायक प्राध्यापक एड कजिन्स भन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय