झापामा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४ पुग्यो

झापामा बुधबार झापामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना पुष्टि हुनेमा १५ जना कचनकवल गाउँपालिका र दुई गौरादह नगरपालिका-९ रहेका छन्।

गौरादहका दुई पुरुष तीन दिन अगाडि भारतबाट आएका थिए। गौरादहका कोरोना संक्रमण पुष्टि भएका उनीहरू अस्पताल लैजाने तयारी भइरहेको नगर प्रमुख रोहित साहले बताए।

संक्रमित मध्ये एकजना गौरादह-९ बैगुनधुराका हुन्। प्रदेश १ को मुख्यमन्त्री कार्यालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परीक्षण गर्दा झापाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

उनीहरू सबै क्वारेटाइनमा बसिरहेका नागरिक रहेको बताइएको छ। योसँगै झापामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय