भारतबाट वीरगञ्ज नाका भएर आउनेको लर्को (फोटो फिचर)

भारतका विभिन्न सिमावती सहरको क्वारेन्टाइनमा बस्दै आएका नेपाली नगरिक आज विहानैबाट वीरगञ्ज नाका भएर नेपाल भित्रि रहेका छन्।

बिहारको रक्सौल नाकामा अलपत्र परेका नेपालीहरूलाई वीरगञ्ज ल्याउने क्रम सुरु भएसँगै सीमावर्ति क्षेत्रमा भिडभाड बढेको छ। नेपालमा रहेका भारतीय नागरिकलाई पनि उता पठाउने काम थालिएको छ।

अहिलेसम्म २ सयको हाराहारीमा नेपालीहरू वीरगञ्ज भित्री सकेका छन्। रक्सौलमा करिब ३५० जना नेपाली रहेको अनुमान गरिएको छ। बिहानैदेखि वीरगञ्ज भित्रिएका नेपालीहरू पर्सा लगायत २५ जिल्लाभन्दा बढी ठाउँका छन्।

नेपाल प्रवेश गर्नेमा अधिकांश प्रदेश १ ,२ र ५ का रहेका छन्। भारतबाट आउँने नेपालीको विवरण लिएर सम्बन्धित जिल्ला पठाउने तयारि थालिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।

नेपाल प्रवेश गरेकालाई स्थानीय तहमा स्थापना गरेका क्वारेन्टाइनमा १५ दिनसम्म राखिने सहायक प्रजिअ बस्नेतले बताए। उनका अनुसार पर्सा र काठमाडौंबाहेक जिल्लाका नागरिकलाई सम्बन्धित जिल्लामा नै पठाउने तयारी भइसकेको उनले बताए।

पर्सा र काठमाडौंका नागरिकलाई वीरगञ्जकै विभिन्न क्वारेन्टाइनमा राखिने वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले बताए।

भारतबाट आएका नागरिकको वीरगञ्ज महानरपालिकाले खाने र बस्ने व्यवस्ता मिलाइरहेको छ। सम्बन्धित जिल्ला पठाउनका लागि महानगरले गाडिको व्यवस्थासमेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय