भारतबाट फर्केका सुर्खेतका एक युवाको मृत्यु, स्वाब परीक्षण हुँदै

हेल्थपोस्ट/सुर्खेत
प्रकाशित
२०७७ जेठ १४ गते १२:२०

भारतको गुजरातबाट फर्किएका सुर्खेतका एक युवाको मृत्यु भएको छ। सुर्खेतको चिङ्गगाड गाउँपालिका-५ का २२ वर्षीय युवाको मंगलबार गाडीमा आउँदै गर्दा मृत्यु भएको हो।

रुपैडिया नाकाबाट सुर्खेत आउँदै गर्दा उनलाई असजिलो भएपछि वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा ल्याउँदै गर्दा उनको मृत्यु भएको बताइएको छ।

सामाजिक विकास मन्त्रालयले उनको मृत्यु भएको पुष्टि गरेको छ। मन्त्रालयले बुधबार विज्ञप्ति निकालेर युवाको मृत्यु भएको जनाएको हो।

मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले गाडीमा आउँदाआउँदै सिकिस्त भएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाएका छन्।

ती युवामा वाथ रोगको समस्या रहेको र उनमा कोरोना भाइरस संक्रमणले मृत्यु भए नभएको पुष्टि गर्न स्वाब झिकिएको मन्त्रालयले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय