बागलुङका ६ जनामा कोरोना पोजेटिभ, गण्डकीमा संक्रमितको संख्या १२ पुग्यो

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि भएको छ। बागलुङका ६ जनामा बुधबार बिहान कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। संक्रमितहरूलाई बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा ल्याउने तयारी गरिएको छ।

उनीहरू मध्ये २ जना बडिगाड र ४ जना तमानखोलाका बसिन्दा हुन्। भारतबाट आउनेबित्तिकै सम्बन्धित पालिकाहरूको क्वारेन्टिनमा बसेका थिए।

यसअघि पनि बाग्लुङमै २ जनामा कोरोना संक्रमण भएको थियो। दुवै जना सन्चो भएर घर फर्किएका छन्। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १२ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय