भारतमा कोरोनाबाट २४ घण्टामा १७० को मृत्यु, ६ हजारभन्दा बढी संक्रमित

भारतमा कोरोना भाइरसको संक्रमण लगातार बढिरहेको छ। संक्रमणबाट मृत्यु हुनेको संख्या र संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो छ।

भारतमा बितेको चौबिस घण्टामा कोरोनाबाट १ सय ७० जनाको मृत्यु भएको छ भने ६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्।

मंगलबार भारतमा भाइरसको कारण १ सय ४६ जनाको ज्यान गएको थियो भने ६ हजार ५ सय ३५ जनामा संक्रमण रहेको पुष्टि भएको थियो। बुधबार १ सय ७० जनाले भाइरसको कारण ज्यान गुमाएका छन् भने ६ हजार ३ सय ८७ जनामा संक्रमण रहेको छ।

योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ हजार ३ सय ४६ पुगेको छ भने १ लाख ५१ हजार ८ सय ७६ जना संक्रमित भेटिएका छन्। संक्रमितमध्ये ६४ हजार ४ सय २६ जना निको भएका छन् भने ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर छ।

कोरोना भाइरसबाट सबैभन्दाबढी प्रभावित महाराष्ट्र बनेको छ। महाराष्ट्रमा कोरोनाका कारण १ हजार ७ सय ९२ जनाको ज्यान गएको छ भने ५४ हजार ७ सय ५८ जना सक्रमित छन्। संक्रमितमध्ये १६ हजार ९ सय ५४ निको भई घर फर्किसकेका छन्।

त्यस्तै, तामिलनाडुमा रहेका १७ हजार ७ सय २८ मा १ सय २७, दिल्लीका १४ हजार ४ सय ६५ मा २ सय ८८, गुजरातका १४ हजार ८ सय २१ मा ९ सय १५, मध्यप्रदेशका ७ हजार २४ मा ३ सय ५, आन्ध्र प्रदेशका ३ हजार १ सय ७१ मा ५७, रानजस्थानका ७ हजार ५ सय ३६ मा १ सय ७०, उत्तर प्रदेशका ६ हजार ५ सय ४८ मा १ सय ७०, बिहारका २ हजार ९ सय ७० मा १३ र पश्चिम बंगालका ४ हजार ९ जना संक्रमितमध्ये २ सय ८३ जनाको मृत्यु भएको छ।

भारतमा अहिलेसम्म ३१ लाख २६ हजार १ सय १९ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ५२ हजार ३ सय २७ जना पुगेको छ भने ५६ लाख ८६ हजार २ सय ७३ जना संक्रमित छन्। संक्रमितमध्ये २४ लाख ३० हजार ७ सय ८६ जना उपचारपछि निको भई घर फर्किसकेका छन्।

नेपालमा अहिलेसम्म ४ जनाको मृत्यु भएको छ भने ७ सय ७२ जनामा भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। संक्रमितमध्ये १ सय ५५ जना निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय