कोभिड–१९ व्यवस्थापनका लागि प्रदेश ५ सरकारले छुट्टै निर्देशिका बनाउने

जेठ १४ :कोभिड १९ महामारी सामनाका लागि प्रदेश ५ सरकारले छुट्टै निर्देशिका बनाउन लागेको छ ।

प्रदेशभित्र कोभिड १९ को रोकथाम र नियन्त्रण प्रभावकारी बनाउने स्थानीय परिवेश र आवश्यकताका आधारमा यस्तो निर्देशिका जारी गर्न लागेको हो ।

केन्द्रबाट जारी निर्देशिकाले प्रदेश भित्रको कोभिड १९ को रोकथाम र नियन्त्रण आवश्यकतालाई समेटन नसक्ने देखेपछि छुट्टै निर्देशिका बनाउन लागेको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक विकास मन्त्री सुदर्शन वरालले कोरोना भाइरस कोभिड –१९ नियन्त्रण तथा रोकथामको लागि प्रदेश सरकारले छुट्टै प्रोटोकल र निर्देशिका तयार गर्न लागेको बताए ।

विश्व स्वास्थ्य संगठको मापदण्ड, अन्य मुलुकहरुको अभ्यास र नेपालको सन्दर्भलाई हेरेर निर्देशिका जारी गर्ने उनले बताए ।

प्रदेश नं ५ अन्तर्गतका जिल्ला स्थित स्वास्थ्य कार्यालयका प्रमुखहरुसंगको भर्जुअल बैठकमा मन्त्री बरालले संघीय सरकारको स्वास्थ्य मन्त्रीसंगपनि यस विषयमा छलफल अगाडी बढाएको जानकारी गराए ।

मन्त्री वरालले अहिलेको प्रोटोकल र गाईडलाइन्सले व्यवस्थापनमा चुनौती थपिन सक्ने बताउँदै गाईडलाईन परिवर्तन गर्न आवश्यक रहेको तर्क गरे । उनले स्वास्थ्य कार्यालयहरुका प्रमुखहरुलाई सोही अनुसारको मानसिकता बनाई राख्न समेत निर्देशन गर्दै भने– छुटेटै निर्देशिका तयार हुन्छ सोही अनुसार प्रदेशको केश व्यवस्थापन हुन्छ ।’ उनले समस्या समाधानको लागि पोसिली तहमै टुङगो लगाउन आवश्यक रहेको बताए ।

जिल्लामा क्वारेन्टाईनको व्यवस्थापन, आईसोलेशन तथा संक्रमितहरुको व्यवस्थापन, परिक्षण किट लगायतको विषयमा कार्यालय प्रमुखहरुले सामाजिक मन्त्रीलाई रिपोटिङ गरेका थिए ।

त्यसैगरी सहयात्री संघ संस्थाहरुले गर्नुपर्ने सहकार्यको विषयमा पनि प्रष्टाउदै बाँकेको नरैनापुर क्षेत्रमा संघ संस्थाहरुको सहकार्यलाई प्रभावकारी बनाउन त्यहाँका कार्यालय प्रमुखलाई उनले सुभाव दिए । सहकार्य गरेर अघि बढ्नुस् मन्त्री बरालले भने, महामारीका बेला सक्दो छिटो उद्दार र उपचारलाई सहकार्यबाट अगाडी बढाउनुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय