स्वास्थ्यमन्त्री ढकालमा कोरोना नेगेटिभ, नियमित काममा

मन्त्री ढकाल नियमित काममा फर्केपछि प्रदेश सामाजिक विकासमन्त्रीसँगको भिडियो मिटिङको तस्बिर सल्लाहकार तिवारीको फेसबुकबाट लिइएको हो ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, राज्यमन्त्री नवराज रावत, स्वास्थ्य सचिव यादव कोइरालासहित स्वास्थ्यमन्त्रालयका १४० भन्दा बढी स्वास्थ्य अधिकारीमा कोरोना भाइरस नेगेटिभ देखिएको छ । जसमा विभाग र मन्त्रालयका उच्च अधिकारी छन् ।

आइओएमस्थित मनमोहन कार्डियोभास्कुलर एण्ड ट्रन्सप्लान्ट सेन्टरमा भर्ना भएकी नेकपा नेताकी श्रीमतीलाई भेटेर फर्किएका ढकाल ती महिनामा कोरोना पोजेटिभ देखिएसँग होम क्वारेन्टाइनमा थिए ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले मन्त्रीको परीक्षण गरिएकोबारे जानकारी नभएको र अन्य उच्च अधिकारीको परीक्षणपछि रिपोर्ट नेगेटिभ आएको बताए ।

उनले केहीको रिपोर्ट आउँन वाँकी नै रहेको समेत जानकारी दिए ।

मनमोहन सेन्टरमा भर्ना भएकी मकवानपुरकी ५४ वर्षे महिला नेकपा नेता अनन्त पौडेलकी श्रीमती हुन् । सावधानीपूर्वक नै भेटका लागि गएपनि उनमा शनिबार मात्रै कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो ।

मन्त्री ढकालको परीक्षण भने संक्रमित महिलालाई भेटेको आधारमा गरिएको थियो । मनमोहन सेन्टरमा भर्ना भएकी मकवानपुरकी ५४ वर्षे महिला नेकपा नेता अनन्त पौडेलकी श्रीमती हुन् । सावधानीपूर्वक नै भेटका लागि गएपनि उनमा शनिबार मात्रै कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो ।

ती महिलामा कोरोना आशंका गरेर स्वाब संकलन गरेलगतै मन्त्री ढकाल होमक्वारेन्टाइनमा बसेका थिए । भने, विज्ञ प्राविधिक सल्लाहअनुसार भाइरस विकास हुनसक्ने अवधि पर्खिएर मात्रै उनको परीक्षण मंगलबार गरिएको थियो ।

कोरोना नेगेटिभ देखिएसँग मन्त्रालयको नियमित काममा फर्किएका छन् । उनका प्रेस सल्लाहकार माधव तिवारीले गोरखापत्रका अर्का पत्रकारलाई भेट्दै गरेको फोटो सामाजिक सञ्चालमा हालेर मन्त्री काममा फर्किएको संकेत दिएका थिए ।

काममा फर्केसँगै उनले सातै प्रदेशका सामाजिक विकासमन्त्रीसँग कोरोना रोकथाम तथा नियन्त्रण प्रयासबारे भिडियो मिटिङसमेत गरेका थिए ।

यसबीच इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सकलाई कोरोना देखिएपछि सावधानीका लागि मन्त्रालयको उच्च अधिकारीको परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको छ । मन्त्रालयका स्रोतका अनुसार राज्यमन्त्री रावत, स्वास्थ्य सचिव यादव कोइरालालगायतका उच्च अधिकारीको परीक्षण गरिएको थियो ।

डा. अधिकारीले सम्बन्धित चिकित्सकसँगसँग भेटघाट भएका र मिटिङमा सहभागी भएकाहरुको मात्रै परीक्षण गरिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय