सुदूरपश्चिममा थप दुईमा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप दुई जना कोरोना संक्रमित भेटिएका छन्।

मंगलबार थपिएका दुई जनामध्ये कैलालीको जानकी गाउँपालिका–१ दुर्गौलीस्थित सरस्वती माविको क्वारेन्टाइनमा रहेका ३८ वर्षीय पुरुष र अछामको मेल्लेख गाउँपालिकाकी ११ वर्षीया बालिका छन्।

धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई जनामा कोरोना पुष्टि भएको हो। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १७ पुगेको छ भने जानकी गाउँपालिकामा कोराना संक्रमण पुष्टि हुनेको संख्या चार पुगेको छ।

यसअघि शनिबार उक्त क्वारेन्टाइनमा रहेका जानकी गाउँपालिका–४ मुनुवाका १ जना र वडा नम्बर ७ मोतीनगर र जवलपुरका दुई जनामा कोराेेेना संक्रमणको पुष्टि भएको थियो।

दुर्गौलीस्थित सरस्वती माविको क्वारेन्टाइनमा रहेका १६ जनाको स्वाब नमूना संंंंकलन गरेर परीक्षणका लागि धनगढी पठाइएकोमा अहिलेसम्म ४ जनामा कोराना संक्रमण पुष्टि भएको हो। आज संक्रमण पुष्टि भएका अछामका स्थायी वासिन्दा हुन् भने केही समय अघि भारत पुगेका उनी भारतीय क्वारेन्टाइनमा बसेर नेपाल फर्किएका थिए।

नेपालमा रहेका भारतीयलाई सीमासम्म छाड्न गएको गाडीमा बसेर उनी भारतीय नाका बाँकेको रूपडियाबाट जेठ २ गते राति कैलालीको सत्तीस्थित कर्णाली माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेर जेठ ३ गते दुर्गौलीस्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा ल्याइएका थिए।

संक्रमण पुष्टि भएकी अछामकी संक्रमित बालिका जेठ ८ गते आफ्ना बुवासँगै गौरीफन्टा नाका भएर धनगढी भित्रिएकी थिइन्। उनका बुवामा पनि आइतबार कोरोना संक्रमण पुष्टि भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय