खजुराका सबै क्वारेन्टाइनमा घरबाटै खाना लैजाँदा संक्रमण फैलने उच्च जोखिम

खजुरा गाउँपालिकामा स्थापना गरिएका क्वारेन्टाइनमा बसेकाहरूलाई स्थानीय तहले खानाको व्यवस्था गर्न नसक्दा घर-घरबाट खाना लैजाने भएपछि क्वारेन्टाइनबाट संक्रमण फैलन सक्ने जोखिम बढेको छ।

खजुरा गाउँपालिका- २ बाट ज्वाइँ र नातिलाई योगी निमाविको क्वारेन्टाइनमा खाना दिन आएकी मुना बिसी साँझ बिहान क्वारेन्टाइनमा धाउनु परिरहेको बताउँछिन्।
योगी निमाविको क्वारेन्टाइन गौघाटमा १० जना राखिएको छ।

खजुरा गाउँपालिकामा रहेको शुक्र माविमा २१ जना राखिएको छ। त्यहाँ पनि घर-घरबाट खाना पुर्याउनु पर्छ।

एल गाउँका अमरबहादुर सुनार मध्यप्रदेशबाट ३ दिन लगाएर आएका हुन्। के गाउँका ओमबहादुर क्षेत्री लखिमपुर सिसैया क्वारेन्टाइन ४७ दिन बस्नुपरेको सुनाउँदै क्वारेन्टाइनमा ट्‌वाइलेट र खानेपानीको समस्या भएको बताउँछन्।

गुराँसपुर घर भएकी निर्मला बिक सुत्केरी छन्। ३ महिनाको शिशुसँगै अमर मावि सीतापुरको क्वारेन्टाइनमा बसिरहेकी छन्। त्यहाँ पनि घरबाट खाना ल्याइदिनुपर्ने अवस्था छ।

जहाँ दुई जना महिलासहित १५ जना क्वारेन्टाइनमा छन्। स्वास्थ्ययकर्मी पनि नएको बताउँछन्।

उता चमकदारपुर नेपाल राष्ट्रिय प्राविमा ५८ जना क्वारेन्टाइनमा बसेका छन्। अधिकांश भारतको मुम्बईमा विवाहको कार्यक्रममा सहभागी भएर आएका परिवार क्वारेन्टाइनमा छन्। त्यहाँ पनि खानाको व्यवस्था छैन।

यसरी राज्यले बनाएका क्वारेन्टाइनमा स्थानीय सरकारले खानाको व्यवस्थापन गर्न नसक्दा घर घरबाट खाना लैजानुपर्ने बाध्यताले बाँकेको खजुरा गाउँपालिकामा संक्रमणको जोखिम उच्च रहेको छ।

वडा नम्बर ४ मा रहेको नेपाल राष्ट्रिय आदर्श निम्न विद्यालय ‘डी’ गाउँमा स्थापना गरिएको क्वारेन्टाइनमा एकजना महिलासहित १९ जना राखिएको छ। यहाँ पनि घरबाटै खाना खुवाउने काम भइरहेको छ। खजुरा गाउँपालिका क्षेत्रमा रहेका क्वारेन्टाइनमा जनही ५० का दरले खाजा खाने मात्रै व्यवस्था मिलाइएको छ। कतिपय क्वारेन्टाइनमा बसेकाहरूको घरको अवस्थासमेत खाना पुर्याउन सक्ने छैन।

घर नजिकको सिंहदरबार भनेर चिनिने स्थानीय तहले आफ्नै क्षेत्रका नागरिकलाई क्वारेन्टाइनमा खानाको व्यवस्थापन गर्न नसक्नु विडम्बनापूर्ण छ। साथै घर-घरबाट खाना लैजानुपर्ने भएकाले क्वारेन्टाइनमा बसेकाको परिवारले उच्च जोखिम मोलेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय