बारामा दुई सैनिकसहित पाँचजनामा कोरोना संक्रमण

बारामा दुई सैनिकसहित पाँचजनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार बारामा पाँचजनामा संक्रमण देखिएको हो।

संक्रमण पुष्टि भएकामध्ये दुईजना नेपाली सेनाका जवान र अन्य तीनजना क्वारेन्टाइनमा रहेको बताइएको छ।

कोरोनाका बारास्थित फोकल पर्सन शंकर गुप्ताले दुईजना नेपाली सेनाका जवान र क्वारेन्टाइनमा रहेका तीनजनामा संक्रमण पुष्टि भएको बताए। संक्रमण पुष्टि भएका नेपाली सेनाका दुबै जवान बाराको पचरौटा नगरपालिकास्थित क्वारेन्टिाइनमा खटिएका थिए।

संक्रमण पुष्टि भएका अन्य तीन जना पनि सोही क्वारेन्टाइनका रहेको फोकल पर्सन गुप्ताले बताए। संक्रमण पुष्टि भएका पाँचैजनालाई जिल्ला अस्पताल कलैयाको आइसोलेसनमा राखिने गुप्ताले जानकारी दिएका छन्।

यसअघि बारामा एक असइसहित नेपाल प्रहरीका ६ जना जवानमा कोरोना संक्रमण पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय