सरकारले ५ हजार केस अनुमान गरी खरिद गर्दैछ यी स्वास्थ्य सामग्री [विवरणसहित]

सरकारले कोरोना संक्रमित ५ हजारलाई अनुमान गरेर स्वास्थ्य सामग्री खरिद प्रक्रिया अगाडि बढाएको छ ।

कोरोना संक्रमितको संख्या बढेसँगै स्वास्थ्य सामग्रीको खरिद प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलले जानकारी दिए ।

‘पहिला १ हजार ५ सय केसको पुर्वअनुमान गरेको थियौँ । तर, संक्रमित केस दिन–प्रति दिन बढ्दै गइरहेको छ’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङका क्रममा डोटेलले भने, ‘५ हजार केसलाई चाहिने स्वास्थ्य सामग्री खदिर प्रक्रिया काम अगाडी बढाएका छौं ।’

महाशाखाका दिएको तथ्यांक कोरोना भाइरस ९कोभिड–१९० परीक्षण गर्न थ्रोट स्वाब संकलन गर्ने भाडा भाइरल ट्रान्सपोर्ट मेडियम ९भिटीएम० १ लाखको जम्मा भएको थियो । विभिन्न जिल्ला, प्रदेशमा गरेर ८८ हजार वितरण गरेको छ । १२ हजारको हाराहारीमा मौज्दात रहेको छ । २ लाख ५ हजार भिटीएम खरिद गर्नका लागि प्रक्रिया अगाडी बढाएको डोटेलले बताए ।

त्यसैगरी, पिसिआर किट १ लाख २८ हजार प्राप्त भएकोमा ७८ हजार वितरण भएको महाशाखाको तथ्यांक छ । जसमध्ये हाल ५० हजारको हाराहारीमा मौज्दात रहेको छ । १ लाख ७५ हजार थप किटको लागि खरिद प्रक्रिया अगाडी बढाएको महाशाखाले जानकारी दिएको छ ।

र्यापिड डाइग्नोस्टिक किट ९आरडिट० १ लाख ७५ हजार प्राप्त गरेको विवरण महाशाखाले जनाएको छ । हाल ८० हजार आरडिटी मार्फत परीक्षण हुने क्रम जारी रहेको डोटेलले बताए । उनका अनुसार १ लाख २१ किट खरिद प्रक्रियामा रहेको छ ।

‘स्वाथ्यकर्मीको व्यक्तिगत सुरक्षामा चाहिने पीपीई १ लाख ४६ हजार सेट जम्मा भएको थियो । त्यसमध्ये ५४ हजार विभिन्न स्थानमा पठाइएको छ भने ९२ हजार सेट बाँकी छ ।’ उनले भने ।

यस्तै, १५ लाख सर्जिकल मास्क, १ लाख ८० हजार एन–९५ मास्क, २ लाख ७ हजार पञ्जा, ५३ हजार सुज कभर, १७ हजार क्याप र ६०० आईआर थर्मामिटर मौज्दात छ ।

सरकारले किनेको तथा सहयोगमा आएका स्वास्थ्य सामग्रीलाई पारदशी रुपमा वितरण गरिने डाटेलको दाबी रहेको छ । सरकारले किनेको तथा अन्तर्राष्ट्रिय दातृ निकाय, संघ–संस्थाले प्राप्त भएको स्वास्थ्य सामग्री व्यवस्थित गरेर राख्ने छौं’, उनले भने, ‘प्राप्त भएको सामग्रीलाई पारदर्शी रुपमा वितरण गरिने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय