स्वास्थ्य मन्त्रालयको गलत सूचना, अछामका संक्रमित नयाँ होइनन्

कोरोना पुष्टि भएर विगत पाँच दिनदेखी उपचार गराई रहेका अछामका युवालाई स्वास्थय तथा जनसंख्या मन्त्रालयले नयाँ संक्रमितभन्दै गलत सूचना दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित ब्रिफिङमा अछाम जिल्ला अस्पतालमा उपचाररत मेल्लेख गाउँपालिकाका ३२ वर्षीयमा कोरोना पुष्टि भएको बताए पनि ती संक्रमितमा पाँच दिन अघिनै कोरोना पुष्टि भएको थियो।

ती संक्रमित ८ गतेदेखि नै सेती प्रादेशिक अस्पतालमा उपचाररत रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। उनले ८ गते गौरीफन्टा नाकाबाट उद्धार गरिएका ती युवकलाई आइतबार नै कोरोना पुष्टि भइसकेको जानकारी दिए।

उनको अहिले सेती अस्पतालको आइसोलेसनमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको श्रेष्ठले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय