विदेशबाट फर्केकालाई रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ‘श्रम बैंक’ बनाइने

प्रधानमन्त्री केपी ओलीले विदेशबाट रोजगारी गुमेर नेपाल फर्किएका नागरिकलाई श्रममुलक विकासमा लगाइने बताएका छन्।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई श्रम बैंकको रूपमा विकास गरिने बताए।

‘रोजगार गुमेर नेपाल फर्केका नागरिकलाई श्रम बैंकमा सूचीकांश गरी रोजगारीमा लगाइने छ,’ प्रधानमन्त्री ओलीले भने।

ओलीले विदेशबाट फर्किएका नागरिकलाई रोजगार सेवा केन्द्रमा दर्ता गरिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय