विदेशमा रहेका नेपालीलाई फर्काउन विस्तृत योजना ल्याइन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले कोरोनाको विश्वव्यापी महामारीमा रोग र भोक दुबैबाट जनतालाई कमजोर हुन नदिइने बताएका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले मुलुकबाहिरबाट नेपाली जनता फर्किने क्रम भइरहेको र आफूले देशबाहिर रहेका नागरिकलाई फर्काउन गम्भीर संवादमा जुटेको बताएका छन्।

‘देशबाहिर रहेका नागरिकको हकमा मैले सम्बन्धित राष्ट्रप्रमुखहरूसँग संवाद गरेको छु,’ ओलीले भने, ‘यो अफ्ठेरोमा सहयोग गर्न सबैले आश्वस्त पारेका छन्।’

कोरोनाको विश्वव्यापी संक्रमणबाट जोगाउन आफ्ना नागरिकलाई स्वदेश फर्काउने विषयमा विस्तृत योजनासहितको आदेश चाँडै जारी गरिने ओलीले बताए।

‘आफ्ना देशबासीलाई सरकारले समयमा नै उद्धार गर्छ,’ उनले भने, ‘आवश्यक सन्तुलन मिलाएर हामी उद्धार गर्छौं।’

प्रधानमन्त्री ओलीले विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार विदेशबाट फर्किने नागरिकको अनिवार्य परीक्षण हुनुपर्नेमा भारतबाट फर्किने अधिकांशले पालना नगर्दा जोखिम बढाउन योगदान गरिरहेको छ बताए।

उनले त्यसरी फर्किएका नागरिकलाई सुरक्षित ढंगले क्वारेन्टाइनमा बस्न अनुरोध गरेका छन्। ओलीले सो कार्यमा सहयोग पुर्‍याउन स्थानीय निकायलाई अनुरोध गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय