थप ७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ६ सय ८२ पुग्यो

नेपालमा थप ७ जनामा कोरोना भाइरसकाे संक्रमण देखिएको छ । यो सँगै संक्रमितको संख्या ६ सय ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सेती अस्पताल, प्रयोगशालामा गरिएको परीक्षणमा अछामका ३२ वर्षीय पुरुष, भेरी अस्पतालको प्रयोशालामा गरिएको परीक्षणमा २२, २४ र १८ वर्षका तीन पुरुषमा पोजेटिभ देखिएको छ । त्यस्तै, नारायणी अस्पतालमा गरिएको परीक्षणमा दुई जनामा पोजेटिभ देखिएको छ ।

पर्साको क्वारेन्टाइनमा रहेका र बारामा कार्यरत २८ वर्षीय पुरुषमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा  बताए ।

डा. देवकोटाका अनुसार कोरोनाको कारण अहिलेसम्म ४ जनाको मृत्यु भइसकेको छ । हालसम्म १ सय ११ जना डिस्चार्ज भएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय