स्वास्थ्य संस्थालाई २४ लाख बराबरको सामग्री हस्तान्तरण

कोरोना नियन्त्रण तथा रोगथामका लागि कार्यरत स्वास्थ्य कर्मीको सुरक्षाका लागि केयर नेपालले सुदूरपश्चिमका स्वास्थ्य संस्थालाई करिव २४ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ।

बढ्दो क्रममा रहेको कोरोना भाईरसको नियन्त्रणका लागि खटिने स्वास्थ्यकर्मीलाई सहयोग पु-याउने उदेश्यले सुदुरपश्चिम प्रदेशका स्वास्थ्य संस्थालाई ४ सय ४४ सय थान पिपिई, एक हजार ७ सय थान ग्लोब्स, तीन सय १५ पिस सेनिटाईजर, ४ सय पिस एन ९५ माक्स, सर्जिकल माक्स ७ हजार २ सयसहित २३ लाख ६७ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

सो सामाग्री सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपुर्ती केन्द्रलाई हस्तान्तरण गरिएको केयर नेपालसंगको सहकार्यमा कार्यरत सीसीएसडीका अध्यक्ष बलबहादुर तुलाधरले बताए ।

ती सामाग्रीहरू सेती प्रादेशीक अस्पताल, महाकाली अस्पताल र कैलाली जिल्लाका स्थानीय तहमा रहेका स्वास्थ्य संस्थालाई उपलब्ध गराइने स्वास्थ्य निर्देशक गुणराज अवस्थीले जानकारी दिए। कोरोना संक्रमितको परिक्षण र उपचारमा खटिने स्वास्थ्यकर्मीलाई यसले ठुलो सहयोग पुग्ने निर्देशक अवस्थीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय