शव जलाएको आठ दिनपछि कोरोना पुष्टि, संक्रमित शवबाट कति जोखिम?

नेपालमा जेठ ३ गते पहिलो पटक कोरोना संक्रमणबाट एक महिलाको ज्यान गयो। १० दिनकी सुत्केरी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको पहिलो पटक कोरोना संक्रमणबाट ज्यान गएको थियो।

त्यसको भोलिपल्ट जेठ ४ गते नेपालगन्जमा पनि अर्का कोरोना संक्रमितको ज्यान गयो। बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकले कोरोनाकै कारण ज्यान गुमाए।

जेठ ८ गते बिहीबार रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचाररत् ४१ वर्षीय शिक्षकको कारोनाकै कारण ज्यान गयो।

यद्यपि कोरोनाबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको शव व्यवस्थापन प्रोटोकल अस्पताल पशुपति आर्यघाटमा भएको थियो । नरैनापुरका युवक र गुल्मीका शिक्षकको पनि प्रोटोकल अनुसार नै शब गाडिएको थियो ।

यस्तै, सोमबार पनि एक जनाको कोरोना भाइरसबाट मृत्यु भएको पुष्टि भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुगेको छ।

प्रमाणित भएका आधारमा कोरोनाबाट नेपालमा भएको चौथो मृत्यु भएपनि ती बृद्धाको मृत्यु ८ दिनअगावै भएको र परिवारले शवसमेत व्यवस्थापन गरिसकेको सार्वजनिक भयो । योसँगै परिवारका सदस्य वा अन्तिम काममा सहभागी भएकाहरूका कोरोनाको जोखिम देखिएको छ ।

मिर्गौलाको समस्याबाट पीडित वीरगन्ज–१२ का ७० वर्षीय पुरुषलाई उनका आफन्तले जेठ २ गते अस्पतालमा भर्ना गरेका थिए। ती बृद्धको स्वास्थ्य अवस्था नाजुक बनेपछि चिकित्सकले तत्कालै भेन्टिलेटरमा राखेर उपचार थालेका थिए। तर, अस्पताल भर्ना भएको दुई दिनपछि जेठ ४ गते मृत्यु भएको थियो।

प्रयोगशाला परीक्षणमा समन्वय अभाव र सुस्तताका कारण मृत्यु भएको आठ दिनपछि मात्रै रिपोर्ट पोजेटिभ देखिएको भन्दै सामजिक सञ्चालमा पनि सरकारको महामारीलाई रेस्पोन्स गर्ने तरीकाको तीव्र आलोचना भइरहेको छ ।

यसले शव व्यवस्थापनको पक्ष फितलो बनेको देखिएको छ। कोरोना संक्रमण हुनसक्नेतर्फ अस्पताल नजरअन्दाज नगर्दा जोखिमपूर्ण तरिकाले शव व्यवस्थापन भएको छ। मृत्युपछि प्रयोगशालाहरूले स्वाब परीक्षणको रिपोर्ट समयमा दिन नसक्दा यस्तो हुन पुगेको देखिएको छ।

मृत्यु भएपछि उनको शव परिवारको जिम्मा लगाइयो। कोरोना आशंकामा उनको स्वाब जेठ २ गते नै अस्पतालले काठमाडौंस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकुको प्रयोगशालामा पठाएको थियो।

जेठ २ गते पठाइएको स्वाबको रिपोर्ट आइतबार दस दिन ढिलो गरी आयो। ती मृतक बृद्धको स्वाबमा कोरोना पोजेटिभ देखियो।

नारायणी अस्पतालका चिकित्सक निरज सिंहका अनुसार उनको शवको अन्तिम संस्कार भइसकेको छ। ‘जेठ ४ गते नेशनल मेडिकल कलेजमा मृत्यु भएका बृद्धको स्वाब परीक्षणका लागि काठमाडौं पठाएका थियौं,’ सिंहले भने, ‘आज पोजेटिभ आएको खबर छ।’

नेशनल मेडिकल कलेजका सञ्चालक बसरूद्दिन अन्सारीका अनुसार ती बृद्ध जेठ २ गते भर्ना भएका थिए। ‘हामीले त्यही दिन स्वाब परीक्षणका लागि पठाका थियौं,’ उनले भने। ४ गते ती बृद्धको मृत्यु भएपछि दाहसंस्कार गरिएको थियो।

दाहसंस्कारले थपेको जोखिम

कोरोना संक्रमितको दाहसंस्कार सुरक्षित तवरले गर्नुपर्छ। सरकारले त्यसका लागि निर्देशिका नै जारी गरेको छ।

सुरक्षित साथ शवको अन्त्येष्टि गर्ने जिम्मा सेनालाई दिइएको छ। तर, यहाँ कारोना संक्रमितको मृत्यु भएर १० दिन बित्दा पनि रिपोर्ट नआएको देखिन्छ।

यसले शव व्यवस्थापनको पक्ष फितलो बनेको देखिएको छ। कोरोना संक्रमण हुनसक्नेतर्फ अस्पताल नजरअन्दाज नगर्दा जोखिमपूर्ण तरिकाले शव व्यवस्थापन भएको छ। मृत्युपछि प्रयोगशालाहरूले स्वाब परीक्षणको रिपोर्ट समयमा दिन नसक्दा यस्तो हुन पुगेको देखिएको छ।

यस्तो छ शव व्यवस्थापन कार्यविधि

सरकारले कोरोना भाइरसबाट मृत्यु भएकाका शव व्यवस्थापनका कार्यविधि नै बनाएको छ।

संक्रमित व्यक्तिको मृत्यु भएको खण्डमा अन्तिम कर्म अन्य रोगी तथा मृतकको जस्तो हुँदैन। सरकारले तयार पारेको कार्यविधि अनुसार शव उठाउनुअघि शव वाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) अनिवार्य लगाउनुपर्छ।

कार्यविधि अनुसार अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रुपमा पन्जा, चस्मा, टोपी, मास्कसहितको पिपिई लगाउनुपर्ने हुन्छ।

मृतकको शवलाई कमभन्दा कम चलाउने गर्नुपर्छ। शवमा लागेका पाइप, केथेटरलगायत सामग्री हटाउँदा सर्तकता अपनाउनुपर्छ।

शवको कुनै भागबाट रगत बगिरहेको भए होसियारीपूर्वक बन्द गर्नुपर्छ। मृतकलाई अन्तिम संस्कार गर्ने घाटसम्म लान साधारण शव वाहनको प्रयोग गर्न सकिन्छ। तर, सकेसम्म शवलाई छिटो अन्तिम संस्कार गर्ने ठाउँमा पुर्‍याउनुपर्छ।

६० वर्ष उमेर कटेका व्यक्ति र दीर्घ रोगीलाई कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको नजिकै जान दिनु हुँदैन। अन्तिम संस्कार गर्नुअघि आफ्नो कुल परम्परा अनुसार शव नछोई पानी छर्किने, पाठ गर्ने र फूलमाला चढाउने गर्नुपर्छ। मृतकका आफन्तले शव हेर्न चाहेमा नछोइकन कम्तीमा एक मिटर टाढाबाट एक–एक जनाले पालैपालो हेर्न पाउनेछन्।

तर, वीरगन्जका मृतकको हकमा भने यी कुनै पनि कुरा लागू भएनन्। परिवारका सदस्यहरूले कार्यविधिबिनै अन्तिम संस्कार गरे।

यसरी अन्येष्टि गर्दा भएका जोखिमहरूबारे स्वास्थ्य मन्त्रालयले आधिकारिक रूपमा बताएको छैन।

यस विषयमा बुझ्न खोज्दा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले अहिले मन्त्रालयलाई यसको विवरण आइनसकेकाले बोल्न नमिल्ने प्रतिक्रिया दिए। अहिलेसम्म नेपालमा ६ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय