नेपालमा चौथो कोरोना संक्रमितको मृत्यु

नेपालमा अर्का एक जनाको कोरोना भाइरसकाे स‌क्रमणबाट मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ।

वीरगन्जको नेसनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बाराको कलैयाका एक वृद्धलाई कोरोना भाइरस पोजेटिभ देखिएको हो।

नारायणी अस्पतालका चिकित्सक नीरज सिंहका अनुसार मृतक व्यक्तिकाे अन्तिम संस्कार समेत भइसकेको छ। उनका अनुसार ती व्यक्तिकाे स्वाब काठमाडौंमा पुनः परीक्षणका लागि पठाइएको थियाे। आज रिपोर्ट पोजेटिभ आएको भनी खबर आएको बताए।

‘जेष्ठ ४ गते नेसनल मेडिकल कलेजमा मृत्यु भएका वृद्धको स्वाब परीक्षणका लागि काठमाडौं पठाएका थियौं,’ सिंंहले भने, ‘आज पोजेटिभ रहेकाे भनी खबर आएको छ।’

७० वर्षीय ती वृद्धलाई मिर्गौलामा समस्या देखिएपछि नेसनल मेडिकल कलेजमा भर्ना गरिएकाे थियाे।

नेसनल मेडिकल कलेजका सञ्चालक बसरूद्दिन अन्सारीका अनुसार ती वृद्ध जेठ २ गते भर्ना भएका थिए। ‘हामीले त्यही दिन स्वाब परीक्षणका लागि पठाएका थियौं,’ उनले भने।

४ गते ती वृद्धको मृत्यु भएपछि दाहसंस्कार समेत गरिएको थियो।

यसअघि नेपालमा सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका एक युवा र गुल्मीका एक शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय