भारतमा चौबिस घण्टामा १५४ को मृत्यु, साढे ६ हजारभन्दा बढी संक्रमित

कोरोना भाइरसका कारण भारतमा बितेको चौबिस घण्टामा १ सय ५४ जनाको मृत्यु भएको छ। यस्तै ६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्। जुन अहिलेसम्मकै एक दिने संक्रमितको संख्या थपिएको यो नै सबैभन्दा बढी हो।

भारतमा एक दिनमा ६ हजार ९ सय ७७ जना भाइरसका नयाँ संक्रमित फेला परेका छन् भने अहिलेसम्म ४ हजार २४ जनाको भाइरसको कारण ज्यान गएको छ।

भारतभर अहिलेसम्म १ लाख ३८ हजार ९ सय १७ जनामा भाइरसको संक्रमण रहेको पुष्टि भएको छ भने ५७ हजार ७ सय २१ जना उपचारपछि घर फर्किसकेका छन्।

कोरोना भाइरसबाट महाराष्ट्र सबेभन्दा बढी प्रभावित बनेको छ। महाराष्ट्रमा ५० हजार २ सय १३ जनामा संक्रमण रहेको छ भने १ हजार ६ सय ३५ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये १४ हजार ६ सय जना निको भएका छन्।

भारतको राजधानी दिल्लीमा १३ हजार ४सय १८ जना संक्रमित भेटिएका छन् भने २ सय ६१ जनाको मृत्यु भएको छ।

त्यस्तै, गुजरातका १४ हजार ५६ मा ८ सय ५८, तामिलनाडुका १६ हजार २ सय ७७ मा १सय ११, मध्यप्रदेशका ६ हजार ६ सय ६५ मा२ सय ९०, उत्तर प्रदेशका ६ हजार २ सय ६८ मा १ सय ६१ र बिहारका २ हजार ५ सय ८७ मा १३ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ।

योसँगै विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ लाख ४६ हजार ७ सय २७ पुगेको छ भने ५५ लाख ७ सय ६४ जना संक्रमित रहेका छन्। संक्रमितमध्ये २३ लाखबढी उपचारपछि निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय