त्रिवि शिक्षण अस्पालमा पनि आजदेखि पिसिआर परीक्षण हुने, चौबिसै घन्टा सेवा दिन सक्ने

त्रिवि चिकित्साशास्त्र अध्ययान संस्थान (आइओएम) शिक्षण अस्पतालमा पनि सोमबार (आजदेखि) आरटी–पिसिआर परीक्षण सुरु हुने भएको छ । देशभर संक्रमितको संख्या थपिँदै जाँदा उपत्यकाभित्रकै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले समेत चाप धान्न धौधौ हुन थालेपछि शिक्षण अस्पतालमा सुरु गर्न लागिएको हो ।

यसबीचमा त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा समेतगरी तीन जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालकै जनशक्तिको समेत ठूलो संख्यामा परीक्षण गर्नुपरिरहेको छ । आवश्यकता हेरेर २४सै घण्टा सेवा दिने क्षमता र जनशक्ति रहेको पिसिआर कमिटीले जनाएको छ ।

शिक्षण अस्पतालमा रहेको पिसिआर मेशिन लामो समयदेखि बिग्रिँएका कारण सेवा सुरु गर्न सकिएको थियो । यसबीचमा आइओएमका फ्याकल्टीको प्रयास र अनुरोधमा त्रिवि उपकूलपति डा. धर्मकान्त बास्कोटाले तत्कालका लागि कीर्तिपुरमा रहेको माइक्रोबायोलोजी विभागमा रहेको पिसिआर मेशिन महाराजगञ्जमा सारेर सेवा सुरु गर्न लागिएको हो ।

सानो समूहमा औपचारिक कार्यक्रम गरेर उपकूलपति डा. बास्कोटाले सेवाको उद्घाटन गर्ने कार्यक्रम छ । जसमा एनपिएचल नेतृत्वलाई समेत आमन्त्रण गरिएको छ ।

मेशिन स्थानान्तरणपछि प्राविधिक कमिटी गठनसमेत गरेसँगै परीक्षण सुरु गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले समेत अनुमति दिइसकेको छ । आजै सानो समूहमा औपचारिक कार्यक्रम गरेर उपकूलपति डा. बास्कोटाले सेवाको उद्घाटन गर्ने कार्यक्रम छ । जसमा एनपिएचल नेतृत्वलाई समेत आमन्त्रण गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा सुरु हुन लागेको पिसिआर परीक्षण समितिका प्रमुख सह-प्राध्यापक निरञ्जनप्रसाद साहले नेतृत्व आइओएमको भएपनि त्रिवि माइक्रोवायोलोजी विभाग र एनपिएचलसँगै पनि समन्वय गरेर काम गरिने बताए । साहका अनुसार एकपटकमा ९६ नमूनाका परीक्षण गर्नसक्ने मेशिनमा कम्तिमा २४ वटा नमूना जम्मा हुनासाथ परीक्षण थाल्ने प्रोटोकल बनेको छ ।

एक साइकलको नमूना परीक्षणका लागि नमूनाको संख्या हेरेर ६ देखि ८ घण्टासम्म लाग्नसक्छ ।अस्पतालसँग माइक्रोवायोलोजीका मात्रै ६ जना दक्ष जनशक्ति छन् । अन्य जनशक्तिलाई पनि पिसिआर परक्षणका लागि दक्ष बनाउँदै क्षमता बढाउन सकिने सह प्राध्यापक साहले बताए ।

त्रिवि शिक्षण अस्पतालमा सेवा सुरु भएसँगै नेपालमा हालसम्म १९ सेन्टरबाट कोरोना परीक्षण सुरु भइसकेको छ । यद्यपि अधिकांश स्थानका पिसिआर मेशिन कम क्षमताको भएका कारण उल्लेख्य रुपमा परीक्षण सुरु हुनसकेका छैनन् ।

हेर्नुस् कहाँ कति परीक्षण भइरहेको छ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय