यो महामारीका बेला स्वास्थ्यकर्मीले एकअर्कालाई कसरी सघाउन सक्छन्?

आफू छेवैको पलङमा लम्पसार लडिरहेकी एक महिला बिरामीलाई हेरिरहँदा डाक्टर हाला सार्बी शान्त रहने प्रयासमा छिन्।

एक आकस्मिक स्वास्थ्य चिकित्सकको रूपमा नजिकै आइरहेको मृत्युले सामान्यतः उनको भावनामा ज्वारभाटा पैदा गराउँदैन। तर यसपल्ट आँखाबाट झरिरहेका आँसुलाई उनले रोक्न सकिनन्।

डाक्टर सार्बी ती महिलाको मृत्युमा शोकाकुल बनिन्। तर अस्पतालको कक्षभित्र उनलाई सान्त्वना दिन कोहीले प्रवेश गर्न पाउँदैनन्। तसर्थ, लगभग अचेत अवस्थामा उनी र उनका स्वास्थ्यकर्मीहरूले समूह एकै लहरमा उभिएर पन्जा लगाएका हातहरू जोड्दै मृतक बिरामीको आत्माशान्तिका लागि मौन प्रार्थना गरे।

यस वर्ष कोभिड–१९ ले संसारलाई त्रसित नबनाउनु अघिसम्म डाक्टर सार्बी जतिसुकै कठिन व्यावसायिक उत्तरदायित्व निर्वाह गर्न पनि पूर्ण रूपमा तयार थिइन्। न त उनले कहिल्यै आफ्नो काम आफू र परिवारका लागि जोखिम भएको महसुस नै गरेकी थिइन्। तर, अचेल लस एन्जल्सबाहिरका दुईटा अस्पतालमा बिरामीको सेवामा खटिइरहँदा उनले यस विश्व महामारीले खनेको चरम प्रतिकूल बाटो पछ्याइरहेकी छन्।

‘हामी केको विरुद्ध उभिइरहेका छौं भन्ने विषयमा अझै अन्जान छौं,’ पाँच बच्चा र श्रीमानसँगै बसोबास गर्ने उनी भन्छिन्।

‘यदि म मरिहालें भने मेरो सन्तानको के होला?,’ हरेक पटक अस्पताल जाँदा उनको मनमा यही कुराले डेरा जमाउने गर्छ आजकल। यो डर एवं अनिश्चिततालाई उनले केही हदसम्म निजी फेसबुक ग्रुपमार्फत कम गर्न सफल भएकी छन्। जसलाई उनले जीवन रक्षाका लागि हरदम खटिरहेका आफूजस्तै अन्य स्वास्थ्य स्याहारकर्ताहरूलाई सहायता गर्न र आवश्यक जानकारी आदान प्रदान गर्न सुरु गरेकी थिइन्।

स्वास्थ्य सेवाको काम र परिवारको भूमिका निर्वाह गरिरहेका महिला स्वास्थ्यकर्मीका लागि सन् २०१४ मा डा. सार्बीले स्थापना गरेको ‘फिजिसियन मम्स ग्रुप’ नामक अनलाइन मञ्चको कोभिड–१९ सम्बन्धी उपशाखाले संसारभरका ३७ हजारभन्दा बढी सदस्य कमाइसकेको छ। यस ऐक्यवद्धताले उनलाई शक्तिमात्र प्रदान गरेको छैन, बरु यही भर्चुअल चौतारीमा रहेर सदस्यहरूले उपचार, वैज्ञानिक लेख तथा सुरुवाती अध्ययनहरूलाई एकअर्काका लागि साझा गरिरहेका छन्।

यस वर्ष कोभिड–१९ ले संसारलाई त्रसित नबनाउनु अघिसम्म डाक्टर सार्बी जतिसुकै कठिन व्यावसायिक उत्तरदायित्व निर्वाह गर्न पनि पूर्ण रूपमा तयार थिइन्। न त उनले कहिल्यै आफ्नो काम आफू र परिवारका लागि जोखिम भएको महसुस नै गरेकी थिइन्। तर, अचेल लस एन्जल्सबाहिरका दुईटा अस्पतालमा बिरामीको सेवामा खटिइरहँदा उनले यस विश्व महामारीले खनेको चरम प्रतिकूल बाटो पछ्याइरहेकी छन्।

‘हामी रोगले थलिएका बिरामीको सेवामा दौडिरहन्छौं र अन्य मानिसले पनि सोही काम गरिरहेको देख्दा शक्ति एवं हौसलाको संचार हुन्छ,’ उनी भन्छिन्, ‘यस अनलाइन समूहले हामीलाई हाम्रो कर्तव्य एवं उद्देश्य सम्झाइरहन्छ जसका कारण हामी आफूलाई कहिल्यै एक्लो महसुस गर्दैनौं।’

न्यूयोर्कस्थित एक अस्पतालको आकस्मिक कक्षमा कोरोना भाइरसका बिरामीको उपचारमा तैनाथ डाक्टर लोर्ना ब्रिन अन्ततः आफै संक्रमित बनिन्। गत महिना उनको आत्महत्याको घटनाले कोभिड–१९ को कारण मृतकको बढ्दो संख्या, सुरक्षा सामग्रीका साथसाथै प्रमाणित औषधोपचारको अभावका बीच डाक्टर, नर्स तथा अन्य स्वास्थ्य स्याहारकर्ताहरूमाथि हालको महामारीले पारेको मानसिक एवं भावनात्मक दबाबलाई उजागर ग-यो।

यसले स्वास्थ्यकर्मीलाई सामाजिक सन्जालमार्फत आफ्नो अवस्थाको जानकारी दिन, कर्तव्यप्रति पुनः प्रतिबद्ध हुन र आफूभित्रको बोझ न्यूनिकरण गर्न सहकर्मीहरूको सहायताको महत्व सार्वजनिक गर्न बाटो खोलेको छ।

वेलनेस एक्सपर्टहरूले स्वास्थ्यकर्मीको गुप्त संघर्षलाई समाधान गर्न हालको प्रकोपले उनीहरूको मानसिक स्वास्थ्यको आवश्यकता सम्बोधन गर्न र संकटको समयमा पनि सामान्य अवस्थामा झैं आफ्नो व्यावसायिक कर्तव्यपालनका लागि उनीहरूको मनोवैज्ञानिक तथा आन्तरिक प्रतिरोधी क्षमतालाई बल पु-याउने अवसर दिएको बताएका छन्।

‘नयाँ चिजहरूको अभ्यास थाल्नुपर्ने बेला आएको छ,’ युनिभर्सिटी अफ वासिङ्टन मेडिसिनमा पिअर सपोर्ट कार्यक्रम व्यवस्थापक डाक्टर एनी ब्राउनिङ भन्छिन्, ‘हालको कठिन परिस्थिति व्यवस्थापन गर्न र आफ्ना सहकर्मीलाई भयग्रस्त अवस्थामा यत्तिकै नछोड्न हामीले के गर्नुपर्छ भनेर प्रश्न गर्ने बेला आइसकेको छ।’

एक नयाँ प्रयोग

सहकर्मीहरूद्वारा वञ्चितीकरण तथा आफ्नो करियर एवं मेडिकल लाइसेन्समा पर्नसक्ने सम्भाव्य प्रभावका कारण स्वास्थ्यकर्मीहरूले आफ्नो मानसिक स्वास्थ्यबारे मौनता कायम गरिरहेका छन्। चिकित्सकहरूको स्व–स्याहारप्रतिको बेवास्थाले उनीहरूमा भविष्यमा पोस्ट–ट्रमाटिक स्ट्रेस डिस्अर्डरलगायतको विकराल प्रभाव निम्त्याउन सक्ने अनुसन्धानहरूले देखाएको छ। जसका कारण स्वास्थ्यकर्मीहरूको आत्महत्या दर राष्ट्रिय औसतभन्दा बढी हुने गर्छ।

क्यानडा, चीन र अन्य मुलुकहरूमा भएका अध्ययनहरूले कोरोना भाइरसका बिरामीको उपचारमा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीमा एन्जाइटी (डर एवं चिन्ता रोग) तथा डिप्रेसनको दर अधिक रहेको देखाएको छ। अमेरिकामा अप्रिलको मध्यताका ९ हजार ३ सय स्वास्थ्यकर्मीमा कोभिड–१९ पुष्टि हुँदा त्यहाँको स्वास्थ्यसेवा सञ्जालहरूले ध्यान तथा निद्रा लगाउन सघाउने मोबाइल एपको प्रयोग, हेल्पलाइन तथा अनलाइन परामर्शलगायतको सहयोग रणनीति बनाएका थिए भने केही अस्पतालहरूले आनन्ददायक बत्ती र संगीतसहितको रिचार्ज (पुनर्ताजगी) कक्षको स्थापनासमेत गरे।

अमेरिकन मेडिकल एसोसिएसनले स्वास्थ्यकर्ताहरूको सहयोगका लागि पिअर सपोर्ट (सहकर्मीको सहायता) लाई अत्यावश्यक मानेको छ।

युनिभर्सिटी अफ वासिङटन मेडिसिनले जनवरी महिनामा अमेरिकाको सियाटलमा पहिलो कोरोना भाइरसको ‘केस’ देखिनुभन्दा केही दिनअघि नै यससम्बन्धी कार्यक्रमको सुरुवात गरेको छ।

न्यूयोर्कस्थित एक अस्पतालको आकस्मिक कक्षमा कोरोना भाइरसका बिरामीको उपचारमा तैनाथ डाक्टर लोर्ना ब्रिन अन्ततः आफै संक्रमित बनिन्। गत महिना उनको आत्महत्याको घटनाले कोभिड–१९ को कारण मृतकको बढ्दो संख्या, सुरक्षा सामग्रीका साथसाथै प्रमाणित औषधोपचारको अभावका बीच डाक्टर, नर्स तथा अन्य स्वास्थ्य स्याहारकर्ताहरूमाथि हालको महामारीले पारेको मानसिक एवं भावनात्मक दबाबलाई उजागर ग-यो।

पिअर मोडल (सहकर्मीको सहायता विधि) मा आधारित यस कार्यक्रमले स्वास्थ्यकर्मीहरूको मौनता भंग गर्न अनौपचारिक तथा गोप्य निजी संवादमा जोड दिएको छ भने सहयोग माग्न हिच्किचाउने आममान्यताको विरुद्धमा यस कार्यक्रमलक्षित छ।

पिअर स्पेसलिस्टको रूपमा स्वयंसेवीको भूमिका निभाएका स्वास्थ्यकर्मीले तनाव, भावनात्मक थकान तथा दिक्दारी लगायतको लक्षण पहिचान गर्नका लागि तालिम पाउँछन्। उनीहरूले शारीरिक व्यायाम, खाना पकाउने, बगैंचाको काम गर्नेदेखि लिएर सहयोग पुस्तकको अध्ययन गर्ने हुँदै स्वास्थ्यसम्बन्धी परामर्शसम्मको विधि प्रयोगद्वारा आफ्ना सहकर्मीलाई सहायता गर्ने सिकाइ हासिल गर्दछन्।

‘यस कार्यक्रमले स्वास्थ्य स्याहारकर्ताहरूलाई अन्य स्वास्थ्यकर्मीहरूसँग कुराकानी गर्न र एकअर्काका लागि सहयोगी बन्न चाहन्छन् वा चाहन्नन् भनेर निर्णय गर्न सहयोग गर्छ,’ डा. ब्राउनिङ भन्छन्, ‘यसले उनीहरूमा खुलापनको विकास गर्दछ।’

हालको संकटको समयमा कयौं स्वास्थ्यकर्मीले निरीह महसुस गरिरहेका कारण अन्य स्वास्थ्य सेवा केन्द्रहरूले सो कार्यक्रमको अवलम्बन गर्नुपर्ने उनको धारणा छ।
युनिभर्सिटी अफ क्यालिफोर्नियाको पिअर सपोर्ट कार्यक्रम निर्देशक डाक्टर किरण गुप्ताले सहकर्मीसँग गर्ने खुला कुराकानीले स्वास्थ्यकर्मीको दबिएर रहेको चिन्ता वा अनिश्चितताको भावना बाहिर ल्याएर उनीहरूमा भावनात्मक सन्तुलन विकास गर्न सहयोग गर्ने बताए।

‘कठिन परिस्थितिको सामना गरेको बेला पर्याप्त सहयोग नपाएको खण्डमा स्वास्थ्यकर्मीले शिथिल महसुस गर्छन्,’ उनी भन्छन्, ‘हामीले यसैलाई निरोध गर्न खोजेका हौं।’
अस्पतालले यो कार्यक्रम तीन वर्षअघि सुरु गरेको थियो भने हाल लकडाउनको समयमा यसलाई जुम भिडियो च्याटमार्फत विभिन्न व्यक्तिगत तथा सामूहिक सत्रमा विभाजित गरी सञ्चालन गरिरहेको छ।

यो कार्यक्रमअन्तर्गत मानसिक स्वास्थ्यसम्बन्धी वेबनार डाक्टर रिमा बोउजरामका लागि निकै लाभदायी बनेको छ। मृत्युशैय्यामा छट्पटाइरहेका बिरामीको अन्तिम समयमा सेवा गर्नका लागि आफन्तलाई भेट्न अस्पतालहरूले रोक लगाएको कारण स्वास्थ्यकर्मीले नै सो भूमिका निभाइरहेका छन्। यसबाहेक पिअर सपोर्टरको रूपमा डाक्टर बोउजरामले लिएको तालिमले उनलाई आफ्ना सहकर्मीहरूको मनोदशाबारे सोध्न, उनीहरूको आवेग तथा दिक्दारीयुक्त कथाहरू सुन्न र कष्टपूर्ण समयमा उनीहरूलाई सन्त्वना दिन सक्षम बनाएको छ।

‘सघन उपचारकक्षमा हामीले हाम्रो अनुभव वा भावनाबारे गफगाफ गर्न नमिलेता पनि हामी हाम्रा सहकर्मीको साथमा छौं भनेर सुनिश्चित गरिरहेका हुन्छौं,’ उनी भन्छिन्।

मास्कभित्रका मुहारहरू

‘फ्रन्टलाइन कोभिड–१९’ नामक इन्स्टाग्राम पेजमा विश्व महामारीको समयमा अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीहरूको कथा साझा गर्ने गरिएको छ। युनिभर्सिटी अफ वासिङटन मेडिसिनका डाक्टर जेसिका लु र सान्ड्रा ट्रुअङले देशभरका सम्पूर्ण स्वास्थ्यकर्मीलाई एकताबद्ध गर्न र उनीहरूको दैनिक जीवनको तीतो यथार्थबारे आमनागरिकलाई जानकारी दिन यस परियोजना सञ्चालन गरेका हुन्।

हालैको एक दृश्यात्मक पोस्टले १२ घण्टाको सिफ्टको समाप्तिपछि एटलान्टाका एक सघन उपचार कक्षमा कार्यरत नर्सको मिश्रित भावना कैद गरेको छ। ‘हालको संकटको समयमा नर्सको रूपमा कसैको जीवनमा सकारात्मक प्रभाव ल्याउन पाउनु गर्वको महसुस भएको छ,’ गाबिनुमानले फोटोको क्याप्सनमा लेखेकी छन्, ‘तर म थकित छु र भविष्यको बारेमा दुःखी अनिचिन्तित पनि छु।’

उनको विवरणले मास्कभित्रको लुकेर मुहारको मनोभाव र स्वास्थ्यकर्मीले बोकेको अदृश्यबोझलाई पर्दाफास गरेको छ। डाक्टर लुले कोरोना भाइरस संक्रमण हुनुपूर्व स्वस्थ रहेकी एक बिरामीको उपचारको क्रममा मृत्यु भएको घटना बारम्बार सम्झिरहन्छिन्।

‘उनको नजिक हुनखनपाउँदा र उनलाई फेरि देख्न नपाउँदा छुट्टै किसिमले गाह्रो महसुस भइरहेको छ,’ उनी भन्छिन्।

व्यवहारजन्य स्वास्थ्य अनुसन्धानकर्ताले प्रकोपको क्रममा स्वास्थ्यकर्मीले सामना गर्नुपरेको भावनात्मक खिन्नता महिनौं वा वषौंसम्म रहिरहन सक्ने चेतावनी दिएका छन्।

‘मोरल इन्जुरी अफ हेल्थ केयर’ नामक गैरनाफामूलक संस्थामा सहसंस्थापक एवं मनोरोग चिकित्सक डा. विन्डी डिनले यस्तो भावनात्मक खिन्नताबाट आफ्ना स्वास्थ्यकर्मीलाई जोगाउन तथा उनीहरूको मानसिक तथा शारीरिक स्वास्थ्यको रक्षा गर्न अस्पताल तथा उनीहरूको सन्जालले ठूलो स्रोत छुट्याउनुपर्ने बताए।

‘स्वास्थ्य स्याहार केन्द्रहरूले आफ्नो कर्मचारीको भावना सम्बोधन गर्नुपर्दछ,’ उनी भन्छन्, ‘स्वास्थ्यकर्मीलाई निको नपार्दासम्म बिरामीलाई निको पार्न सकिन्न।’

हालको विश्व महामारीले स्वास्थ्य सेवा प्रणालीभित्रको कयौं कमीकमजोरीलाई उदांगो बनाएको छ भने स्वास्थ्यकर्मीले यस संकटले ती कमीकमजोरी सच्चाउने अवसर प्रदान गरेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय