डोटीमा १ हजार २४ जनालाई क्वारेन्टाइनमा राखियो

भारतबाट विभिन्न नाकाहुँदै डोटीमा प्रबेश गरेका एक हजार २४ जनालाई आइतबारसम्म जिल्लाका ९ वटै स्थानीय तहले तयार गरेका ६७ क्वारेन्टाइनमा राखिएको छ।

आइतबारसम्म डोटी जिल्लामा दिपायल सिलगढी नगरपालिकामा २ सय ८, शिखर नगरपालिकामा ३ सय २१, सायल गाउँपालिकामा ७७, केआईसिंह गाउँपालिकामा १ सय ३४, जोरायल गाउँपालिकामा ५७, बोगटान फुड्सिल गाउँपालिकामा ४८, बडीकेदार गाउँपालिकामा ४०, आर्दश गाउँपालिकामा १ सय ३९ गरेर एक हजार २४ जना रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए। जसमा महिला ७९ जना पुरुष ९ सय ४५ र बालबालिका १६ जना रहेका छन्।

डोटीमा हालसम्म क्वारेन्टाइनको बेड संख्या १ हजार दुई सय ८३ , आइसोलेसन वेड संख्या ५१ रहेको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ। डोटी जिल्लामा हालसम्म ३ सय ६९ जनाको पिसिआर परिक्षणका लागी स्वाब संकलन गरिएको छ।

जसमध्ये ३ सय ५९ जनाको रिर्पोट नेगेटिभ आएको छ भने १० जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ। जिल्लामा २ हजार ८२ जनाको आरडिटी परिक्षण गरिएको छ। जसमा २ हजार ७८ जनाको नेगेटिभ र ४ जनाको मात्र पोजेटिभ आएको छ।

केही दिनदेखि डोटी जिल्लामा भारतबाट आउनेको संख्या दिनानुदिन बढीरहेको छ। जसले गर्दा भारतबाट आउनेलाई व्यवस्थापन गर्न स्थानीय तहलाई चुनौति देखिएको छ।

One thought on “डोटीमा १ हजार २४ जनालाई क्वारेन्टाइनमा राखियो

Leave a Reply to Khadak Saud Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय