जनकपुरका ३० पत्रकारको रिपोर्ट नेगेटिभ

जनकपुरका ३० पत्रकारको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। संक्रमणपछि प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा रहेका एकजना पत्रकार र पुस्तक व्यवसायीको सम्पर्कमा रहेको भनिएका सबै ३० पत्रकारको रिपोर्ट नेगेटिभ आएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले जानकारी दिए।

पत्रकार र पुस्तक व्यवसायीमा ३० वैशाखमा कोरोना संक्रमण पुष्टि भएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ को आधारमा ५ जेठमा ३० पत्रकारको स्वाब संकलन गरी परीक्षणको लागि टेकु पठाइएको थियो।

पहिलो पटक २४ वैशाखमा २३ पत्रकार र महासंघकै भवनमा पसल सञ्चालन गर्ने पुस्तक व्यवसायमा संचालन गर्ने पुस्तक व्यवसायीमा संक्रमण देखिएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिएको थियो।

यसअघि संक्रमण देखिएको पत्रकार र पुस्तक व्यवसायीको परिवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय