सोह्रखुट्टेका संक्रमित : दुबईबाट फर्केको ६४ दिनपछि देखियो कोरोना पाेजेटिभ

विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस डिजिज (कोभिड१९)काे संक्रमितको संख्या ६०३ पुगेको छ । संक्रमितको संख्या बढ्दै जाँदा लक्षण, भाइरस एक्टिभ रहने समय अनौठो देखिएको छ।

स्वास्थ्य मन्त्रालयले आइतबार विवरण सार्वजनिक गरेको सोह्रखुट्टेका ६९ वर्षका संक्रमित पुरुष चैत ३ गते अस्ट्रेलिया हुँदै दुबईबाट काठमाडौं आएको पाइएको छ।

उनी श्रीमतीसँगै नेपाल फर्किए पनि श्रीमतीमा भाइरस नेगेटिभ देखिएको छ । यसबीचमा उनको कुनै लक्षण पनि देखिएको थिएन।

विदेशको यात्रा इतिहास झन्डै २ महिनाभन्दा लामो देखिएसँगै शरीरमा यति लामो समयसम्म भाइरस बस्यो कि नेपालमै संक्रमण भएको हो भन्ने प्रश्नमा केन्द्रित भएर सम्पर्क पहिचानसँग अन्य अध्ययन भइरहेको इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाले जनाएको छ ।

सामान्यतः विश्वव्यापी रुपमा लक्षण देखिने अवधि २ देखि ३ साता मानिए पनि नेपालमा अधिकांश संक्रमितमा लक्षण नै देखिएको छैन भने भाइरसमुक्त हुनका लागि लामो समय लागिरहेको चिकित्सकहरू बताउँछन् ।

टेकु अस्पतालका अनुसार उनमा जेठ ७ गते नै कोरोना परीक्षण गरेर पोजेटिभ देखिएको थियो । तर, इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीले भने उनलाई शनिबार मात्रै टेकु अस्पताल ल्याएर भर्ना गरिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय