सुदूरपश्चिममा थप एकजनामा  कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप एकजना कोरोना संक्रिमत थपिएका छन्। धनगढीस्थित पशुपन्छी अन्वेषण प्रयोगशालामा आरटी पिसिआर मेसिनबाट परीक्षण गर्दा थप एकजनामा कोरोना संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

पछिल्लो पटक थपिएका संक्रमित अछामको मेल्लेख गाउँपालिका ४ का ३२ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। उनी जेठ ८ गते गौरीफन्टा नाकाबाट फर्किएका थिए।

सीमामा आरडिटी परीक्षणका क्रममा पोजेटिभ देखाएपछि सेती अस्पतालको आइसोलेसनमा राखिएको थियो। उनको स्वास्थ्य अवस्था समान्य रहेको छ। योसँगै प्रदेशभरी संक्रमितको संख्या १५ पुगेको छ।

यसअघि धनगढी प्रयोगशालामै परीक्षणका क्रममा शुक्रबार ५ र शनिबार ४ जनामा कोरोना पुष्टि भएको थियो। यसअघि शनिबार कोरोना पुष्टि भएका बैतडीको शिवनाथ गाउँपालिकाका वडा नम्वर १ र २ का २०, २०, २२ र २७ वर्षीय पुरुषको पनि सेतीमै उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय