काठमाडाैं, पर्सासहित विभिन्न जिल्लामा १९ जनालाई कोरोना पुष्टि, संक्रमितकाे संख्या ६०३

थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न जिल्लामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ४५ वर्षे एक पुरुषमा संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणमा बारा कलैयाका ३२ वर्ष पुरुष, वीरगञ्ज पर्साका २५ वर्षका पुरुष रहेको छन् ।

त्यसैगरी, पर्सा स्थायी ठेगाना भएका बारामा कार्यरत ३४ वर्षका पुरुष , पर्साका नागवका ६० वर्ष पुरुषमा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार रौतहट स्थायी ठेगाना भएका कलैया कार्यरत ३२ वर्षका पुरुष, सलार्ही हरिपुर–६ का ४८ वर्षका पुरुष, रुपन्देही समरिमाई–५ का ४०र ५० वर्षका पुरुषमा संक्रमण देखिएको छ ।

त्यसैगरी, रुपदेन्ही १ का ३२ वर्षका पुरुष, काठमाडौ सोह्रखुट्टेका ६९ वर्षका पुरुष, नुवाकोट ककनीका ३९ वर्षका पुरुष रहेका कोरोना पोजेटिभ देखिएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देही गैडाहवाका गाउँपालिका २३,३० र ४० वर्षका ३ पुरुषमा, कपिलवस्तु खैराते ३ का ३५, ३७ र ५२ वर्षका पुरुष र गुल्मी मदाने गाउँपालिका ३१ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा संक्रमित संख्या ६ सय ३ पुगेको छ । जसमध्ये पुरुष ५ सय २४ र ७९ जना महिलामा संक्रमण देखिएको छ । आज नुवाकोटमा देखिएसँगै ४२ वटा जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेशगत रुपमा हेर्दा प्रदेश १मा ४६, प्रदेश २ मा १ सय ८९, बागमती प्रदेशमा ३४, गण्डकी प्रदेशमा ५, प्रदेश ५ मा २ सय ८१, कर्णाली प्रदेशमा ४, सुदुरपश्चिम प्रदेशमा १४ जनामा संक्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय