झापाका थप एक युवामा कोरोना पुष्टि

आइतबार झापामा थप एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।

बाह्रदशी गाउँपालिका -३ का २५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको हो। उनी पाँच दिनअघि भारतको मुम्बइबाट आएका व्यक्ति भएको बाह्रदशी- ३ का वडाध्यक्ष विरेन्द्र राजवंशीले बताए।

पन्थापाडा-धिघलबैक नाका हुँदै आएका उनी राजगढको एस्टार हस्पिटलमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेर नेपाल फर्किएका व्यक्ति हुन्।
त्यहाँ रहेका ११ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा उनमा संक्रमण पुष्टि भएको हो। अरुको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ। संक्रमितलाई कोरोना अस्पताल विराटनगर पठाउने तयारी भइरहेको छ।

यसअघि पनि बाह्रदशी- ४ का एक पुरुषमा संक्रमण भेटिएको थियो। योसँगै बाह्रदशीमा दुई र झापामा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय