प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनबाट एक संक्रमित फरार

प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनबाट एकजना संक्रमित फरार भएका छन्। नर्सिङ क्याम्पसको भवनमा तयार पारिएको आइसोलेसनबाट सर्लाही धनकौलका ४० वर्षीय संक्रमित पुरुष फरार भएका हुन्।

मानसिक अवस्था ठीक नरहेको उनी शनिबार मध्यराति प्रहरीलाई छलेर आइसोलेसनबाट भागेको बताइएको छ। अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. कुलदीप पण्डितका अनुसार उनको १४औं दिनको स्वाब लिने तयारी भइरहेको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले पछिल्लो पटकसहित ती व्यक्ति तीनपटक फरार भइसकेको बताए। डिएसपी कार्कीले पहिलो पटक उनी धनुषाको धनुषाधामस्थित क्वारेन्टिाइनबाट फरार भएर गाउँ सर्लाहीको धन्कौल पुगेको बताए।

धनुषाधाममा डुलीरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेर उनलाई क्वारेन्टिाइनमा राख्न लगाएको कार्कीले जानकारी दिएका छन्। सर्लाहीबाट समाएर ल्याउँदै गर्दा ती व्यक्ति दोस्रो पटक बीच बाटोबाट फरार भएको उनको भनाइ छ।

अहिले तेस्रो पटक उनी प्रादेशिक अस्पतालको आइसोलेसनबाट भागेको उनले बताए। प्रहरीलाई छलेर मध्यराति फरार भएका उनको खोजी कार्य भइरहेको कार्कीले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय