एक घर एक पिसिआरका लागि नागार्जुन नगरपालिकाको माग

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ ११ गते ११:०४

नागार्जुन नगरपालिकाले एक घर बराबर एक पिसिआर परीक्षणका लागि प्रदेश सरकारसँग आग्रह गरेको छ।

नागार्जुन नगरपालिका कोरोना भाइरसको जोखिममा रहेको भन्दै यसको रोकथाम तथा नियन्त्रणका लागि प्रत्येक घरका एक सदस्यको पिसिआर गराई स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउन प्रदेश सरकारसँग माग गरिएको छ।

स्वास्थ्य सामग्रीको अभावले कोरोना परीक्षणमा समस्या भएको र केहिको मात्रै स्वास्थ्य चेकजाँच गरिएको भन्दै नगरपालिकाले भाइरस परीक्षणको दायरा बढाई कोरोना नियन्त्रणमा सहयोग गर्न मुख्यमन्त्रीको कार्यालयलाई आग्रह गरेको छ।

नगरपालिकाले अहिलेसम्म विदेशबाट आएका नागरिक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, उपत्यका बाहिरबाट आएका सर्वसाधारण तथा स्वयमसेवक गरी ६ सयय ४ जनाको आरडिटी परीक्षण गरेरको छ भने ३ सय ४२ जनाको पिसिआर विधिबाट स्वास्थ्य चेकजाच गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय