भारतमा २४ घण्टामा १४७ को मृत्यु, ६ हजारभन्दा बढी संक्रमित

भारतमा कोरोना भाइरसका कारण बितेको २४ घण्टामा १ सय ४७ जनाको मृत्यु भएको छ। यस्तै ६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्।

भारतमा अहिलेसम्म कोरोनाका ३ हजार ८ सय ६९ जनाको मृत्यु भएको छ भने १ लाख ३१ हजार ९ सय २० जनामा संक्रमण रहेको छ।

बितेको २४ घण्टामा मात्रै भारतमा ६ हजार ७ सय ६७ जना नयाँ संक्रमित थपिएका छन्।

कोरोना भाइरसको संक्रमणबाट महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ।

महाराष्ट्रमा भाइरसको संक्रमणबाट १ हजार ५ सय ७७ जनाको मृत्यु भएको छ भने ४७ हजार १ सय ९० जना संक्रमित छन्।

संक्रमितमध्ये १३ हजार ४ सय ४ जना उपचारपछि निको भई घर फर्किसकेका छन्।

तामिलनाडुमा भाइरसको संक्रमणबाट १ सय ३ जनाको ज्यान गएको छ भने १५ हजार ५ सय १२ जनामा संक्रमित रहेका छन। दिल्लीमा २ सय १३ जनामो मृत्यु भएको छ भने १२ हजार ९ सय १० जनामा संक्रमण रहेको पुष्टि भएको छ।

त्यस्तै, गुजरातका १३ हजार ६ सय ६४ जनामा ८ सय २९,मध्यप्रदेशका ६ हजार ३ सय ७१ मा २ सय ८१,आन्ध्र प्रदेशका २ हजार ७ सय ५७ मा ५६,बिहारका २ हजार ३ सय ८० मा ११, उत्तर प्रदेशका ६ हजार १७ मा १ सय ५५,राजस्थानका ६ हजार ७ सय ४२ र पश्चिम बंगालका ३ हजार ४ सय ५९ जनाको मृत्यु भएको छ।

भारतका कुल संक्रमितमध्ये ५४ हजार ४ सय ४१ जना उपचारपछि निको भई घर फर्किसकेका छन् भने ८ हजार ९ सय ४४ जना संक्रमितको अवस्था गम्भीर छ। भारतमा अहिलेसम्म२९ लाख ४३ हजार ४ सय २१ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।

विश्वभर कोरोना भाइरसका कारण ३ लाख ४३ हजार ९ सय ८३ जनाको मृत्यु भएको छ भने ५४ लाख ५ हजार १ सय ८६ जनामा संक्रमण रहेको पुष्टि भएको छ। संक्रमितमध्ये २२ लाख ४७ हजार ३ सय ४५ जना उपचारपछि निको भई घर फर्किसकेका छन्।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट ३ जनाको ज्यान गएको छ भने ५ सय ८४ जनामा संक्रमण रहेको पुष्टि भएको छ। संक्रमितमध्ये ७० जना निको भई घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय