नारायणी अस्पतालमा उपचाररत ९ संक्रमित डिस्चार्ज

वीरगञ्जको नारायणी अस्पतालको आइसोलेसनमा उपचारत ९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

अस्पतालबाट डिस्चार्ज हुनेमा पर्सा र रौतहटका ३ जना, बाराका २ जना र एक जना भारतीय नागरिक रहेको नारायणी अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायले जानकारी दिए।

उपाध्यायका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका- २, ३, १६ का क्रमश ३०, ५०, ५१ वर्षका पुरुष, बाराको सिम्रौनगढ ४ का ३१ वर्षीय पुरुष, जितपुर सिमरा १ का ४३ वर्षिय पुरुष, रौतहट गुजरा नगरपालिका ५ का ३५ वर्षीय पुरुष, इशनाथ नगरपालिकाका १९ वर्षीय पुरुष, बृन्दावन नगरपालिकाका २४ वर्षीय पुरुष र एक ४२ वर्षीय भारतीय पुरुष रहेका छन्।

नारायणी अस्पतालको आइसोलेसनमा उपचारत ७१ जना मध्ये ९ जनाको लगातार २ पटकको पिसिआर रिपोर्ट नगेटिभ आएपछि डिस्चार्ज गरिएको हो।

यसै बिच नारायणी अस्पताल वीरगञ्जको आइसोलेसन मै उपचारत वीरगञ्जका २ जना पत्रकारको पहिलो पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। दुबै पत्रकारको फेरी ३ दिनपछि पिसिआर परिक्षण गरिने र दोस्रो पटक पनि रिपोर्ट नेगेटिभ आए डिस्चार्ज गरिने उपाध्यायले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय